जडीवुटी दिवसको अवसरमा तातोपानी धाममा वृक्षरोपण
मंगलबार, साउन २०, २०७७
रिब्दीकोटका विद्यालयमा क्वारेन्टाइन खाली भएपछि सरसफाई गरिदै
आइतबार, साउन १८, २०७७
जिल्लाको रिब्दीकोट गाउँपालिकाले क्वारेन्टाइनका लागि प्रयोग गरिएका विद्यालयहरु निर्मलिकरण (सरसफाई) गर्न थालेको छ । कोरोना महमारीका कारण बाहिरबाट आएका नागरिकहरुलाई सुरक्षित रुपमा राख्नका लागि क्वारेन्टाइनको रुपमा प्रयोग भएका सबै विद्यालय खाली भएपछि अहिले सरसफाइ गर्न थालिएको हो ।
नदीजन्य पदार्थको चोरी निकासी रोक्न आग्रह
शनिबार, साउन १७, २०७७
प्रदेश पाँचको अर्थ,उद्योग तथा पर्यटन समितिले खानी उत्खनन र नदीजन्य पदार्थको चोरी निकासी रोक्न प्रदेश सरकारलाई आग्रह गरेको छ । समितिका सभापति दधिराम न्यौपानेको अध्यक्षतामा बुटवलमा बसेको बैठकले खानी तथा नदीजन्य पदार्थको व्यवस्थापन र सदुपयोग भए त्यसबाट समृद्धि हासिल गर्न सकिने जनाएको छ ।
खोलामा डुबेर रामपुरमा एक बालकको मृत्यु
शनिबार, साउन १७, २०७७
जिल्लाको रामपुर नगरपालिका ५ भम्बक स्थित भुलादी खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । खेल्ने क्रममा खोलामा पुगेका पूर्वखोला गाउँपालिका ३ अर्खल डाँडा घर भई हाल रामपुर ५ मटेरी डेरामा बस्दै आएका सन्तोष ठाडाको २ वर्षिय छोरा विप्लप ठाडाको ज्यान गएको हो ।
शुद्धोधनको दर्वाह पार्कमा तोडफोड
शनिबार, साउन १७, २०७७
प्रदेश सरकारको सहयोगमा निर्माण हुन लागेको रुपन्देहीको शुद्धोधन गाउँपालिका– ५ स्थित दर्वाह पार्क (उद्यान) मा तोडफोड भएको छ । शुद्धोधन गाउँपालिकाले पत्रकार सम्मेलन गरी छठ पूजा गर्ने स्थान र मसानघाटको व्यवस्था गर्ने विषयमा वार्ता भइरहेको अवस्थामा एक्कासि नेपाली काँग्रेस वार्ता टोलीका संयोजक शेरबहादुर काफ्ले, विपीनकुमार कुर्मी र कृष्ण चौधरीको पूर्वयोजनामा...
गुल्मीमा ३० जना कर्मचारी काजमा, २२ जनाले हाजिर गरेनन्
शुक्रबार, साउन १६, २०७७
जिल्लामा रहेका सरकारी कार्यालय मध्ये केही सरकारी कार्यालयका ३० जना कर्मचारी काजमा र २२ जनाले हाजिरनै नगरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले लामो समयपछि गरेको अनुगमनका क्रममा यस्तो तथ्य पत्ता लागेको हो ।
जिल्ला प्रशासन कार्यालयद्वारा सरकारी कार्यालयको अनुगमन
बिहीबार, साउन १५, २०७७
जिल्ला प्रशासन कार्यालय गुल्मीद्वारा सरकारी कार्यालयहरुको अनुगमन गरिएको छ । सदरमुकाम तम्घासमा रहेका विभिन्न २१ वटा सरकारी कार्यालयहरुको अनुगमन गरिएको हो ।
पाल्पामा मास्क नलगाई हिड्ने ४३ जना कारवाहीमा
बुधबार, साउन १४, २०७७
जिल्लामा मास्क नलगाई घरबाहिर हिड्नेलाई प्रहरीले कारवाही गरेको छ । जिल्ला प्रहरी कार्यालयले संक्रमण रोग ऐन २०२० र नेपाल सरकारले जारी गरेको लकडाउनको अवज्ञा गरी माक्स नलगाई हिड्डुल गर्ने ४३ जना ब्यक्तिहरुलाई नियन्त्रणमा लिई कारवाही गरेको हो ।
पाल्पा प्याब्सनले शुल्क नबढाउने
बुधबार, साउन १४, २०७७
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पाल्पाले शैक्षिकसत्र २०७७ का लागि शुल्क नबढाउने भएको छ । देशभरका निजी विद्यालय चालु शैक्षिक सत्रका लागि शुल्क बढाउने तयारीमा जुटिरहेका बेला प्याब्सन पाल्पाले भने शुल्क नबढाउने भएको हो ।
तिनाउका शिक्षकलाई अनिवार्य विद्यालय उपस्थित हुन निर्देशन
बुधबार, साउन १४, २०७७
जिल्लाको तिनाउ गाउँपालिकाले शिक्षक तथा कर्मचारीहरुलाई अनिवार्य रुपमा विद्यालय उपस्थित हुन निर्देशन दिएको छ । गाउँपालिका भित्रका प्रध्यानाध्यापकहरुको बैठकमा पालिकाका अध्यक्ष तथा गाउँ शिक्षा समितिका निर्देशक ओमबहादुर घर्ती मगरले शिक्षक कर्मचारीलाई अनिवार्य विद्यालयमा उपस्थित हुन निर्देशन दिएका हुन् ।
गुल्मीमा शैक्षिक संस्था खोल्नेलाई कारवाही गरिने
मंगलबार, साउन १३, २०७७
जिल्लामा शैक्षिक संस्था खोल्नेलाई कारवाही गरिने भएको छ । नेपाल सरकार मन्त्रीपरिषद्को गत साउन ५ गते भएको निर्णयले शैक्षिक संस्थाहरु अर्को सूचना जारी नहुन्जेलसम्म सञ्चालन नगर्न भने पनि जिल्लामा केहि संस्थागत, सामुदायिक तथा क्याम्पसहरु सञ्चालन गरेको पाइएकाले शैक्षिक संस्था खोल्नेलाई कारवाही गरिने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
पाल्पाका विद्यालयमा पढाइ शुरु
मंगलबार, साउन १३, २०७७
कोभिड–१९ को संक्रमणको त्रासका कारण गत चैतदेखि मुलुकभरका विद्यालयहरुको पठनपाठन बन्द रहेको बेला यहाँका विभिन्न विद्यालयले पढाउन सुरु गरेका छन् । कोभिड–१९ को संक्रमण फैलिन नदिन गरिएको बन्दाबन्दीका कारण बन्द भएका विद्यालयले स्वास्थ्य मापदण्ड पूरा गर्दै विद्यालय सञ्चालनमा ल्याइएको विद्यालयले जनाएको छ । रामपुर नगरपालिकामा रहेका केही निजी विद्यालयले प्राथमिक...
गुल्मीमा अपराधिक घटनामा वृद्धि
मंगलबार, साउन १३, २०७७
जिल्लामा पछिल्लो एक वर्षमा अपराधिक घटनामा वृद्धि भएको छ । जिल्ला प्रशासन कार्यालयले एक वर्षको उपलब्धी र आगामी कार्य योजना बारे सार्वजनिक गर्दै अघिल्लो वर्षको तुलनामा अपराधका घटनाहरुमा वृद्धि भएको जनाएको हो ।


