Shittalpati
पुरानो पानी ट्याङकी टोल विकास संस्थामा नयाँ नेतृत्व,अध्यक्षमा पाण्डे

पाल्पा, सामाजिक क्षेत्रमा सक्रिय रहेको पुरानो पानी ट्याङकी टोल विकास संस्थामा नयाँ नेतृत्व आएको छ । तानसेन नगरपालिका ३ भगवतीटोलमा रहेको टोल विकास संस्थामा आगामी दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व आएको हो । संस्थाको तेस्रो अधिवेशनले सारदा पाण्डेको अध्यक्षतामा ९ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा रामप्रसाद तिमिल्सीना, सचिवमा हरी बस्याल, कोषाध्यक्षमा सपना पाण्डे, सह–सचिवमा जमुना पाण्डे रहेका छन् । सदस्यहरुमा माया राना, केशरी तिमिल्सीना, तुलसा पाण्डे र माया बस्याल रहेको संस्थाले जनाएको छ ।

अधिवेशनले तीन सदस्यीय सल्लाहकार समेत गठनको गरेको छ । जसको वरिष्ठ सल्लाहकारमा राधादेवी रायमाझी, सल्लाहकारमा मिना पन्थी र सारदा नेपाल रहेका छन् । २०५८ सालमा स्थापना भएको संस्थाले सामाजिकसँगै महिला सशक्तिकरणका क्षेत्रमा काम गर्दै आएको छ । उसले प्रत्येक महिनाको पहिलो शनिबार प्रति सदस्य बराबर एक हजार उठाउदै आएको छ । संस्थामा ५२ जना सदस्य रहेका छन् । उठाएको रकमबाट संस्थामा आवद्ध सदस्यहरुलाई आवश्यक परेको खण्डमा सहुलियतपूर्ण ऋण समेत दिइने व्यवस्था रहेको संस्थाका संस्थापक अध्यक्ष राधादेवी रायमाझीले बताईन । उनले भनिन् ‘संस्थामा आवद्ध रहेका महिलाहरुको आयआर्जन र सशक्तिकरणका लागि विभिन्न किसिमका तामिल, गोष्ठीहरु समेत दिने गरेका छौं ।’ रायमाझीका अनुसार संस्थाले तानसेन नगरपालिका, घरेलु कार्यालय र विभिन्न संघसंस्थाहरुको समन्वयमा महिलाहरुलाई सिलाइकटाई, मैनबत्ति बनाउने, होमस्टे सञ्चालन जस्ता कार्यका लागि आवश्यक तालिम सञ्चालन गर्दैै आएको छ ।

आगामी दिनहरुमा पनि तालिम, गोष्ठी जस्ता सीपमूलक कार्यक्रमहरु सञ्चालन गरी महिलाहरुलाई व्यवसायिक र सशक्तिकरण बनाउने दिशामा अगाडि बढ्ने नवनिर्वाचित अध्यक्ष सारदा पाण्डेले बताईन् । संस्थाले तानसेन नगरपालिका र संस्थामा आवद्ध सदस्यहरुको सहयोगमा आफ्नै सुविधा सम्पन्न भवन समेत निर्माण गरेको छ । तीन लाख लागतमा संस्थाको भवन निर्माण गरिएको संस्थाका निर्वाचित उपाध्यक्ष रामप्रसाद तिमिल्सीनाले बताए ।

प्रकाशित मिति: सोमबार, साउन २५, २०७८  १७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update