काँग्रेसका नेता तथा सामाजिक व्यक्तित्व शाक्यको अन्तिम विदाई
आइतबार, जेठ ११, २०७७

अपांगता र एकल महिलाको भत्ता रोक्ने सरकारको निर्णयप्रति महिला संघ पाल्पाको गम्भीर ध्यानाकर्षण
शनिबार, जेठ १०, २०७७
सरकारले अपांगता भएका व्यक्ति र एकल महिलालाई दिँदै आएको भत्ता रोक्का गरेकोमा महिला संघ पाल्पाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अतिअशक्त अपांगता भएका व्यक्ति र ६० वर्षमुनिका असहाय एकल महिलालाई दिँदै आइएको सामाजिक सुरक्षा भत्ता वितरण नगर्ने सरकारको निर्णयप्रति महिला संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । संघले एक...

रहेनन् काँग्रेसका नेता तथा सामाजिक व्यक्तित्व शाक्य
शनिबार, जेठ १०, २०७७
नेपाली काँग्रेस पाल्पाका नेता तथा सामाजिक व्यक्तित्व चकोरमान शाक्यको निधन भएको छ । उनको उपचारका क्रममा ७७ वर्षको उमेरमा शनिबार निधन भएको हो । तानसेन नगरपालिका–३, टक्सार निवासी शाक्यको क्यान्सर रोगको उपचारको क्रममा काठमाडौंमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

बडिगाडमा आगालागि हुँदा घरगोठ जलेर पूर्णरुपमा नष्ट,परिवारको विचल्ली
बिहीबार, जेठ ८, २०७७
बडिगाड गाउँपालिका वडा नं. २ सिमलचौर हुकुर्थुम डाँडामा शिव भनिने सुरज बहादुर कुमालको घरगोठ गएराती भएको आगलागीबाट पूर्ण रुपमा नष्ट भएको छ । राति ९ बजे पछि भएको आगलागि प्रहरी र स्थानीयको सक्रियतामा राति ११ बजे पछि नियन्त्रणमा आएको थियो ।

तानसेनमा वातावरणीय बस टर्मिनल निर्माण कार्यको शुभारम्भ
बुधबार, जेठ ७, २०७७
तानसेन नगरपालिकाको प्रयासमा तानसेन नगरपालिका ५ स्थित कैलाशनगर र वनदेवी बीचमा निर्माणाधीन वातावरणीय बस टर्मिनल निर्माण कार्यको शुभारम्भ गरिएको छ ।

रैनादेवी छहराले संकलन गर्यो विदेशमा रहेका नागरिकको तथ्याङ्क
बुधबार, जेठ ७, २०७७
जिल्लाको बगनासकाली गाउँपालिकाले गाउँ छाडी भारत लगायत तेस्रो मुलुकमा रहेका नागरिकहरुको विवरण संकलन गरेको छ । गाउँपालिकाले कोरोना भाइरस (कोभिड(१९) को असर कतिसमयसम्म रहने हो भन्ने यकिन हुने संकेत नदेखिएपछि विदेशमा रहेका नागरिकहरुको विवरण संकलन गरेको हो ।

पाल्पामा लकडाउनलाई थप प्रभावकारी बनाइने
बुधबार, जेठ ७, २०७७
विश्वर फैलिएको कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी राखेको लकडाउनलाई पाल्पामा थप प्रभावकारी बनाइने भएको छ । मंगलवार बसेको सिसीएमसीको बैठकले लकडाउनलाई प्रभावकारी रुपमा जारी राख्ने निर्णय गरेको हो ।

गुल्मीदरबारमा लकडाउन प्रभावकारी बनाउन स्वयंसेवक परिचालन गर्ने
बुधबार, जेठ ७, २०७७
जिल्लाको गुल्मीदरबार गाउँपालिकाकाले सरकारले जारी राखेको लकडाउनलाई प्रभावकारी बनाउन स्वयमसेवक परिचालन गर्ने भएको छ । कार्यपालिकाको बैठकले गाउँपालिका भित्रका सात वटै वडाहरुमा पाँच/पाँच जनाका दरले ३५ जना स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको हो ।

गुल्मीमा जातिय विभेदको मुद्दा दर्ता
मंगलबार, जेठ ६, २०७७
जिल्लाको कालिगण्डकी गाउँपालिका ५ फोक्सिङमा गत वैशाख २२ गते भएको जातिय विभेदको मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको छ । सोमबार जिल्लामा क्रियाशिल दलित अधिकारकर्मीहरुको उपस्थितीमा पीडित परिवारले जातिय विभेद गरेको भन्दै प्रहरी कार्यालयमा उजुरी दिएका हुन् ।

गुल्मीको मदाने गाउँपालिका सिल
मंगलबार, जेठ ६, २०७७
जिल्लाको मदाने गाउँपालिकामा एक जनामा कोरोना संक्रमणको पुष्टि भएसंगै गाउँपालिकालाई सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले सोमबार साँझ ६ बजेदेखि अर्को निर्णय नभएसम्म गाउँपालिकालाई सिल गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।

एक दशकपछि निस्दीका गाउँमा बिजुली पुग्यो
सोमबार, जेठ ५, २०७७
पाल्पाको निस्दी गाउँपालिकामा आयोजना शुरु भएको एक दशकपछि बिजुली पुगेको छ । गाउँपालिकाका ३, ४, ५, ६ र ७ वडामा विद्युतीकरण गर्ने योजनामध्ये हाल यहाँका ४, ५ र ६ वडाका केही गाउँमा बिजुली बाल्न थालिएको हो ।

कालीगण्डकीमा दुई बालक बेपत्ता
आइतबार, जेठ ४, २०७७
रामपुर नगरपालिका १० मलौटेघाटबाट कालीगण्डकीमा पौडी खेल्ने क्रममा दुई बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा रामपुर १० सिकोडाँडा पाल्पा रेशम भट्टराईको छोरा १० वर्षिय सुनिल भट्टराई र सोही स्थानका तिलकराम चापागाईको छोरा १० वर्षिय समीर चापागाई बेपत्ता भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भिमबहादुर कार्कीले बताए ।

लकडाउनका बेला तानसेनको स्वरुप फेरिदै
आइतबार, जेठ ४, २०७७
लकडाउनका बेला जिल्लाको सदरमुकाम तानसेन बजारको स्वरुप फैरिदै गएको छ । तानसेन नगरपालिकाको मुख्य बजारलाई पुरानै स्वरुपमा सजाउन थालिएपछि तानसेनको स्वरुप फेरिदै गएको हो । कोरोना संक्रमण बच्न र बचाउन सरकारले लकडाउन जारी राखेको समयमा तानसेन नगरपालिकाले तानसेन बजार भित्रका विभिन्न सडकहरुमा ढुङ्गा छापेर नगरको स्वरुप नै परिवर्तन गरेको छ ...