Shittalpati
विज्ञापनका सबै काम हुलाकबाट

पाल्पा, विज्ञापन सम्बन्धी सम्पूर्ण काम अब जिल्ला हुलाक कार्यालयबाट हुने भएका छन् । विज्ञापन बोर्डले लोक कल्याणकारी विज्ञापन प्रकाशन तथा प्रशारणको अनुगमनका साथै भुक्तानीसम्बन्धी सम्पूर्ण कार्य अब जिल्ला हुलाक कार्यालयमार्फत गराउने निर्णय गरेको छ । बोर्डको हालै बसेको बैठकले विद्युतीय तथा छापा माध्यममा प्रकाशन तथा प्रशारण हुने लोक कल्याणकारी विज्ञापनसम्बन्धी छुट्टाछुट्टै मापदण्ड समेत स्वीकृत गरेको छ ।

बोर्डका प्रवक्ता अनोजकुमार घिमिरेले जारी गरेको विज्ञप्तीमा मापदण्ड कार्यान्वयनका सन्दर्भमा शुक्रबार सरोकारवालासँग छलफल भएको छ । छलफलका क्रममा बोर्डका अध्यक्ष लक्ष्मण कुमार हुमागाईँले छापा तथा विद्युतीय सञ्चारमाध्यमबाट प्रकाश तथा प्रशारण हुने लोक कल्याणकारी विज्ञापन प्रकाशन गर्न प्रशारण हुलाकमार्फत हुने र भुक्तानीसमेत सम्बन्धित हुलाक कार्यालयबाटै हुने व्यवस्था मिलाइएको बताए । चालु आर्थिक वर्षको साउन महिनामा प्रकाशन भएका पत्रिकाले भाद्र ७ गते भित्र सम्बन्धित जिल्ला हुलाक कार्यालयमा पत्रिका , विल पेश गर्ने र जिल्ला अनुगमन तथा सिफारिस समितिको सिफारिसमा भुक्तानी गर्ने निर्णय भएको विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०७८  १८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update