Shittalpati
पाल्पामा स्याललाई हानेको बन्दुकले लागेर आफ्नै  छोराको ज्यान गयो

पाल्पा, पाल्पामा बाबुले हानेको बन्दुकले लागेर छोराको ज्यान गएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिका– ६ तल्लोतालका ३५ वर्षीय धनबहादुर लम्तरीको बाबुले स्याललाई हान्ने क्रममा लागेर ज्यान गएको हो ।

५६ वर्षीय कर्णबहादुरले घर नजिकै मकैबारीमा आएको जंगली स्याललाई भरुवा बन्दुकले हान्ने क्रममा छोरा धनबहादुरको टाउकोमा लाग्न पुगेको थियो । अचनाक टाउकोमा लागेको गोलीले धनबहादुरको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए । एकनाले बन्दुक सहित बाबु कणबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: शनिबार, साउन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update