Shittalpati
पाल्पामा फरार रहेका ७१ वर्षीय वृद्ध पक्राउ

पाल्पा,जिल्ला प्रहरी कार्यालय पाल्पाले फरार रहेका थप एक जना अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला अदालतको आदेशले सार्वजनिक मुद्दामा जरिवानाको आदेश भएपछि फरार रहेका ७१ वर्षीय कर्णबहादुर रास्कोटीलाई पक्राउ गरेको हो ।

रैनादेवी छहरा ८ का रास्कोटीलाइ विना इजाजत राष्ट्रिय वन क्षेत्रको रुख कटान गरेको मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नावय उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए । अदालतबाट २ लाख २६ हजार जरिवाना सहित फैसला सुनाइएका उनलाई पक्राउ गरी जिल्ला अदालत पाल्पामा बुझाइएको प्रहरीले जनाएको छ । उनलाई राष्ट्रिय वन क्षेत्रको रुख कटान गरेको मुद्दामा अदालतले दोषी ठहर गरेको थियो । उनी लामो समयदेखि फरार सूचिमा रहेका थिए ।

प्रहरीले विभिन्न मितिमा अदालतले फैसला गरी दोषी ठहर भई फरार रहेका व्यक्तिहरुको खोजी गरी धमाधम पक्राउ गर्दै आएको छ । यस अघि प्रहरीले अदालतले फैसला गरी दोषी ठहर भई फरार रहेका ७ जना व्यक्तिहरुलाई पक्राउ गरी जिल्ला अदालत बुझाई सकेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ४, २०७८  १४:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update