Shittalpati
पुर्तिघाट बजारको एक मोवाइल पसलमा चोरी

पुरन राजकोटी मग
गुल्मी (पुर्तिघाट),जिल्लाको सुदुरपुर्वमा रहेको कालीगण्डकी गाउँपालिकाको पुर्तिघाट बजारको एक मोवाइल पसलमा चोरी भएको छ । आज विहान पुर्तिघाट बजारमा रहेको जितु इलेक्ट्रोनिक एण्ड मोवाइल सर्भिसमा चोरी भएको हो ।

पर्वतबाट आएका व्यक्तिले मोवाइल पसलमा चोरी गरेको जनाइएको छ । सटर बन्द रहेको अवस्थामा सटरको माथिल्लो खाली ठाउँबाट पसेर चोरी गरेको हुन सक्ने अनुमान गरिएको छ ।

विहान करिब चार बजेतिर छिमेकी जिल्ला पर्वतबाट पुलमा लाइट बाल्दै कोही आएको र त्यसको केही समयपछि पसलको सटरमा हानेको स्थानीयले बताएका छन् । प्रहरीले चोरी गर्ने व्यक्तिलाई खोज्दै जाँदा पर्वतबाट पक्राउ गरेको छ । चोरी गर्नेको विवरण भने आउन बाँकी रहेको पुर्तिघाट प्रहरी चौकीले जनाएको छ । चोरी गर्ने व्यक्तिलाई पुर्तिघाट प्रहरी चौकी ल्याइदै गरिएको प्रहरीले जनाएको छ । चोरले पसलबाट मर्मतका लागि राखिएको मोबाइल सेट,चार्जर,पावर बैंक,मेमोरी कार्ड लगायतको ६० हजार बराबरको सामान चोरी गरेको अनुमान गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ४, २०७८  १२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update