बेपत्ता पारिएकाको अवस्था सार्वजनिक गर्न माग
आइतबार, भदौ १३, २०७८
हराएका मोटरसाइकल फेला
आइतबार, भदौ १३, २०७८
ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट हराएका २४ मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ ।
बाबुछोरा मृत भेटिए
शनिबार, भदौ १२, २०७८
पश्चिम नवलपरासीमा बाबुछोरा मृत भेटिएका छन् । बाढीका कारण घर जलमग्न भई छिमेकीको घरमा शरण लिन हिँडेका बाबुछोरा मृत फेला परेका हुन् ।
खसी, बोका बिक्रीबाट करोडको आम्दानी !
शुक्रबार, भदौ ११, २०७८
स्याङ्जाका गल्याङ नगरपालिका– ७ सिरौसाका २९ वर्षीय गङ्गाधर पाठकले विदेशमा आठ वर्ष श्रम गरे । कलिलै उमेरमा विदेशी भूमिमा पसिना बगाउनुभएका उनलाई आफ्नै गाउँठाउँमा व्यवसाय सुरुआत गर्न मन लाग्यो ।
पाल्पामा निषेधाज्ञा भदौ २५ गतेसम्म लम्बियो
शुक्रबार, भदौ ११, २०७८
जिल्ला प्रशासन कार्यालय पाल्पाले गत वैशाख १८ गतेदेखि लागू गरेको निषेधाज्ञा आगामी भदौ २५ गते राती १२ बजेसम्मका लागि थप गरेको छ ।
उद्यमी बन्न होडबाजी
शुक्रबार, भदौ ११, २०७८
जिल्लामा पछिल्लो समय उद्यमी बन्ने होडबाजी नै चलेको छ । उद्यमी बन्न चाहनेहरुका लागि स्थानीय सरकार र गैरसरकारी संघसंस्थाहरुले आवश्यक ज्ञान, सिप र प्रोत्साहन गर्न थालेपछि यहाँका नागरिकहरु उद्यमी बन्ने होडमा लागेका हुन् ।
जनगायक टुहुरेको निधन
बिहीबार, भदौ १०, २०७८
वरिष्ठ जनगायक जेबी टुहुरेको निधन भएको छ । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
छात्राको विद्यालय शिक्षाप्रति रुचि बढ्दो
बिहीबार, भदौ १०, २०७८
पाल्पाका दलित तथा सीमान्तकृत समुदायका छात्राको नियमितरूपमा विद्यालय शिक्षाप्रति रुचि बढेको छ । तानसेन नगरपालिका, तिनाउ गाउँपालिका र रम्भा गाउँपालिकामा सञ्चालित कर्मठ बालिका शैक्षिक उपलब्धि प्रवद्र्धन कार्यक्रमले विद्यालय शिक्षामा रुचि बढेको हो ।
माथागढीमा एकीकृत पाठ्यक्रम सम्बन्धी अभिमुखीकरण
बुधबार, भदौ ९, २०७८
जिल्लाको माथागढी गाउँपालिकामा एकीकृत पाठ्यक्रम सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको छ । गाउँपालिकाले सिकाइ उपलब्धिहरु प्राप्तिका लागि विद्यार्थीहरुलाई विभिन्न खालका अनुभवहरु हासिल गराउने टेवा पुग्ने उद्देश्यले प्रावि तहका शिक्षकहरु अभिमुखीकरण दिएको हो ।
बुधबार रातिदेखि मनसुन थप सक्रिय हुने
बुधबार, भदौ ९, २०७८
आज रातिदेखि नेपालमा मनसुन थप सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर नेपालको पूर्वी तराईको भूभाग नजिक मनसुनको न्यून चापीय रेखा रहेको कारण विगत एक–दुई दिनअगाडि नेपालमा मनसुन केही सक्रिय रहेको जनाएको छ ।
‘कक्षा १२ को परीक्षा चाँडो गर्नू’
मंगलबार, भदौ ८, २०७८
प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा यथाशक्य चाँडो सञ्चालन गर्न मंगलबार सरकारलाई निर्देशन दिएको छ । समितिले स्वास्थ्य मापदण्ड र भौतिक दूरी कायम गरी यथाशीघ्र ‘होम सेन्टर’ मा परीक्षा सञ्चालन गर्न निर्देश गरेको हो ।
मौसममा सुधार हुन केही दिन लाग्ने
मंगलबार, भदौ ८, २०७८
मनसुनी वायुका कारण मौसममा सुधार हुन अझै केही दिन लाग्ने भएको छ । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मनसुनी गतिविधि अझै सक्रिय रहेको हो ।
डिएलए पाल्पाको अध्यक्षमा पुनः देवकोटा
सोमबार, भदौ ७, २०७८
कानुन व्यवसायीहरुको संगठन डेमोक्रेटिक लयर्स एसोसियन (डिएलए) पाल्पाको अध्यक्षमा पुनः अधिवक्ता शिवप्रसाद देवकोटा निर्वाचित भएका छन् । तानसेनमा भएको डिएलए पाल्पा शाखाको १६ औं साधारणसभा तथा ५ औं अधिवेशनले देवकोटालाई अध्यक्षमा निर्वाचित गरेको हो ।

.jpg)
