बौद्धिक शोषण गरेको भन्दै निर्देशिका जलाइयो
मंगलबार, भदौ १६, २०७७
कतै तपाई काम विशेषले गुल्मी जाँदै त हुनुहुन्न ? हुनुहुन्छ भने पिसिआर रिपोर्ट लिएर मात्र जानुहोस् !
शनिबार, भदौ १३, २०७७
कतै तपाई छोटो समयका लागि काम विशेषले गुल्मी जाँदै त हुनुहुन्न, यदि जाँदै हुनुहुन्छ भने कोरोना परीक्षणको रिपोर्ट लिएर मात्र जानु होला । अन्यथा १० दिन होमक्वारेन्टाईनमा बस्नुपर्नेछ , जसले गर्दा तपाइको १० दिनको अमूल्य समय त्यतिकै खेर जाने छ ।
पहिराले घर पुरिँदा मृत्यु
मंगलबार, भदौ ९, २०७७
अविरल वर्षाका कारण पहिराले घर पुरिंँदा बागलुङ जिल्लाको ढोरपाटनमा एक युवतीको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका अर्नाकमा घरमाथिबाट पहिरो खस्दा प्रकाश परियारको १९ वर्षीया छोरी पूजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।
चार दिन अँध्यारोमा बास
आइतबार, भदौ ७, २०७७
विद्युत् आपूर्तिमा समस्या देखिएपछि यहाँका स्थानीय बासिन्दा अँध्यारोमा बस्न बाध्य भएका छन् । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवामा विद्युत् मिटरबक्स र कालोतार जलेपछि यहाँका जनता रातमा चार दिनदेखि अँध्यारोमा बस्न बाध्य भएका हुन् ।
पाल्पाका प्रहरी प्रमुख सहित ४९ जनाको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
शुक्रबार, भदौ ५, २०७७
पाल्पाका प्रहरी प्रमुख दीपकराज खरेलसहित ४९ जना प्रहरी प्रमुखको सरुवा भएको छ । एक सूचना प्रकाशित गर्दै प्रहरी प्रधान कार्यालयले ४९ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको हो ।
अवैध गाँजा सहित पक्राउ
बुधबार, भदौ ३, २०७७
जिल्ला प्रहरी कार्यालयले अवैध गाँजासहित एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा १६ का ३२ वर्षीय कुमार गुरुङ रहेका छन् । उनलाई प्रहरीले मंगलबार १० किलो ७४ ग्राम गाँजासहित पक्राउ गरेको हो ।
रामपुर नगरपालिका मंगलबार राति १२ बजेदेखि १० दिन बन्द
मंगलबार, भदौ २, २०७७
जिल्लाको रामपुर नगरपालिकाले कोरोना संक्रमणको जोखिम बढेपछि मंगलबार राति १२ बजेदेखि १० दिनसम्म बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाको कार्यपालिका बैठकको निर्णयपछि प्रशासन र सुरक्षा निकायसंग छलफल गरि भदौ २ गते (मंगलबार) राति १२ बजेदेखि १२ गते रातिसम्म १० दिन नगरपालिका क्षेत्र बन्द गर्ने निर्णय गरेको हो ।
जंगली च्याउ खाँदा दुईको मृत्यु
मंगलबार, भदौ २, २०७७
जंगलबाट ल्याएको च्याउ खाँदा प्युठानमा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । जिल्लाको नौबहिनी गाउँपालिका–६ बहानेका १५ वर्षीय सुरेश घर्ती र १३ वर्षीय सुगम घर्तीको मृत्यु भएको हो ।
एसइईको नतिजा सार्वजनिक
सोमबार, भदौ १, २०७७
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए । पौडेलका अनुसार ४ लाख ७२ हजार ७८ विद्यार्थीको परीक्षाफल प्रकाशित भएको हो ।
निषेधाज्ञा तोडेपछि हवाई फायर
सोमबार, भदौ १, २०७७
कोरोना सङ्क्रमणको त्रासले जारी गरिएको निषेधाज्ञा तोडेपछि पूर्वी चितवनमा प्रहरीले आज एक राउण्ड हवाई फायर गरेको छ । चितवन, निषेधाज्ञाको पहिलो दिन राप्ती नगरपालिका–१ पिप्लेमा स्थानीयले निषेधाज्ञा तोडेपछि प्रहरीले हवाई फायर गरेको हो ।
त्रिविका काम घरबाट
सोमबार, भदौ १, २०७७
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले घरबाटै काम गर्नेगरी सबै क्याम्पसको नियमित सेवा बन्द गरेको छ । यसअघि कोभिड– १९ का कारणले गत चैत ११ गतेदेखि नै पढाइ र परीक्षा स्थगित गरेको त्रिविले पुनःसङ्क्रमण बढ्दै गएपछि केन्द्रीय कार्यालयसहित देशभरिका सबै क्याम्पसको नियमित सेवा आजदेखि भदौ १५ गतेसम्मका लागि बन्द गर्ने भएको हो ।
प्रदेश र जिल्ला प्रहरी प्रमुखहरुबिच कार्यसम्पादन सम्झौता
आइतबार, साउन ३२, २०७७
प्रदेश पाँचका प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुखहरु बिच कार्यसम्पादन सम्झौता भएको छ । प्रदेश प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक रबिन्द्र बहादुर धानुक र प्रहरी तालिम केन्द्र बुटवल, दंगा नियन्त्रण प्रहरी गण सुनवल, सशस्त्र प्रहरी गण खजुरा बाँके, प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवल, जिल्ला प्रहरी कार्यालय बाह्र...

_(1).jpg)
