Shittalpati
डिएलए पाल्पाको अध्यक्षमा पुनः देवकोटा

पाल्पा,  कानुन व्यवसायीहरुको संगठन डेमोक्रेटिक लयर्स एसोसियन (डिएलए) पाल्पाको अध्यक्षमा पुनः अधिवक्ता शिवप्रसाद देवकोटा निर्वाचित भएका छन् । तानसेनमा भएको डिएलए पाल्पा शाखाको १६ औं साधारणसभा तथा ५ औं अधिवेशनले देवकोटालाई अध्यक्षमा निर्वाचित गरेको हो ।

जसको उपाध्यक्षमा अधिवक्ता गीता शर्मा, सचिवमा अधिवक्ता केशवराज अधिकारी, कोषाध्यक्षमा अधिवक्ता शंकरप्रसाद शर्मा, सह–सचिवमा अधिवक्ता कृष्ण बहादुर रावल रहेका छन् । अधिवेशनले सदस्यहरुमा अधिवक्ता कृष्णप्रसाद पराजुली, अधिवक्ता इश्वरी प्रसाद देवकोटा, अधिवक्ता अरुण ज्ञवाली, अधिवक्ता सविता आचार्यलाई निर्वाचित गरेको छ । त्यस्तै डिएलएले केन्द्रीय प्रतिनिधि समेत चयन गरेको छ । जसमा अधिवक्ता लालकुमारी राना, अधिवक्ता विधान प्रसाद श्रेष्ठ र अधिवक्ता अजयमान कर्माचार्य रहेका छन् । नवनिर्वाचित अध्यक्ष देवकोटाले जिल्लाका कानुनी व्यवसयीहरुलाई एक ढिक्का बनाएर लैजाने बताएका छन् । उनले कानुनी व्यवसायीहरु एक ढिक्का नहुँदा सम्म कानुनका लागि नै आफुहरु लड्नुपर्ने बताए ।

प्रकाशित मिति: सोमबार, भदौ ७, २०७८  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update