Shittalpati
‘कक्षा १२ को परीक्षा चाँडो गर्नू’

पाल्पा, प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा यथाशक्य चाँडो सञ्चालन गर्न मंगलबार सरकारलाई निर्देशन दिएको छ । समितिले स्वास्थ्य मापदण्ड र भौतिक दूरी कायम गरी यथाशीघ्र ‘होम सेन्टर’ मा परीक्षा सञ्चालन गर्न निर्देश गरेको हो ।

सीसीएमसीको गलत निर्णयका कारण परीक्षा स्थगित हुनु पुगेको निष्कर्ष निकाल्दै समितिले विद्यार्थीलाई चाँडो खोप दिएर, पहिल्यै तय भएको मोडल र तयारीअनुसार परीक्षा गर्न भनेको छ ।

अरु तहका परीक्षा सञ्चालन भइरहेको अवस्थामा १२ कक्षाको मात्रै पटक–पटक स्थगित भएको भन्दै समितिले सरोकार राख्ने निकायका प्रतिनिधि बोलाएर छलफल गर्दै आएको थियो ।

 

प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८  १७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update