Shittalpati
लायन्स क्लव तानसेन सिटिले मनायो स्थापना दिवस

पाल्पा, जिल्लामा क्रियाशिल सामाजिक संस्था लायन्स क्लब अफ तानसेन सिटिले आफ्नो स्थापना दिवस मनाएको छ । क्लवले दिवसको अवसरमा चाटर सेलिब्रेसन कार्यक्रम गरी दिवस मनाएको हो ।

कार्यक्रमको प्रमुख अतिथि डिष्ट्रिक एजुकेटीब चिफ सुशील प्रधानले बर्थडे केक काटी उद्घाटन गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि प्रधानले क्लवले सामाजिक क्षेत्रमा पुर्‍याएको योगदान महत्वपूर्ण रहेको बताए । उनले लायन्स क्लवले हामी सेवा गर्छौ भन्ने उद्देश्यले स्थापना भएको र सदस्यबाट उठाएको शुल्कले कम भाग्यसाली गरिब जनताको सेवामा खर्च गर्दै आएको कार्य अत्यन्त प्रशंसनिय रहेको धारणा व्यक्त गरे ।

कार्यक्रममा डिष्ट्रिक चिफ कृष्णबहादुर कार्की, डेपुटी चिफहरु राजेन्द्र लिगल, भेष राज सुवेदी, रिजन पर्सन झमन राज मगर, जोने चियर पर्सन नारायणबहादुर कार्की, श्रीनगर लायन्स क्लवका अध्यक्ष यादव सिहं कार्की लगायतले लायन्स क्लवको विविध बिषयमा चर्चा गरेका थिए । सोही अवसरमा ४ जना नयाँ सदस्यहरुलाई खादा र प्रमाणपत्रले सम्मान समेत गरिएको थियो । क्लवका सन २०२१/२०२२ का अध्यक्ष महेश शर्माले आफु पदभार ग्रहण गरेको छोटो अवधिमा सदस्यता वृद्धि तथा विविध कार्यक्रम गर्न सफल भएको बताए । क्लवमा अहिले २८ जना सदस्य रहेका छन् । क्लवका अध्यक्ष शर्माको अध्यक्षता, उपाध्यक्ष ध्रुव नेपालको स्वागत, सचिव सिन्धु पौडेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८  १७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update