Shittalpati
भोलिदेखि लगातार तीन दिन सार्वजनिक बिदा

पाल्पा, नेपालमा लगातार तीन दिन सार्वजनिक विदा परेको छ । सरकारले पहिलो पटक गाईजात्राको अवसरमा देशभर सार्वजनिक बिदा दिएसँगै भोलिदेखि लगातार तीन दिन सार्वजनिक विदा परेको हो ।

यसअघि सरकारले काठमाडौं उपत्यकामा मात्र गाईजात्राको अवसरमा सार्वजनिक बिदा दिँदै आएको थियो । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले गाईजात्रामा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । योसँगै लगातार तीन दिन सार्वजनिक बिदा परेको छ । भदौ ५ देखि ७ गतेसम्म लगातार तीन दिन सार्वजनिक बिदा परेको हो । भदौ ५ गते शनिबार सदावहार सार्वजनिक बिदा, भदौ ६ गते आइतबार रक्षाबन्धन र भदौ ७ गते सोमबार गाईजात्रा परेको छ ।

यस्तै मन्त्रिपरिषद् बैठकले श्रीकृष्ण जन्माष्टमीका अवसरमा भदौ १४ मा पनि बिदा दिने निर्णय गरेको छ । यद्यपि चाडपर्व बिदाहरु सावधानीपूर्वक मनाउन पनि सरकारले आह्वान गरेको छ । कोरोना भाइरसको महामारीका कारण सावधानी अपनाउन भनिएको हो ।

 

प्रकाशित मिति: शुक्रबार, भदौ ४, २०७८  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update