Shittalpati
पाल्पामा बाघको छाला सहित दुई जना पक्राउ

पाल्पा, दुर्लभ बाघको छाला सहित मंगलबार प्रहरीले पाल्पाबाट दुई जना व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले बाघको छाला तस्करी गिरोहमा संलग्न रिब्दीकोट गाउँपालिका ७ का ४२ वर्षीय विष्णु खत्री र सोही ठाउँका ४० वर्षीय रविल मियाँलाई पक्राउ गरेको हो ।

गोप्य सूचनाका आधारमा लुम्विनी प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समूह र हार्थोक प्रहरी चौकीको संयुक्त टोलिले उनीहरुलाई रिब्दीकोट ५ कुसुमखोलाबाट पक्राउ गरेको हो । मुझुङ बतासेबाट तानसेनतर्फ आउँदै गरेको लु ३७ प ४४४ नम्वरको मोटरसाईलमा आएका उनीहरुको साथबाट प्रहरीले बाघको छाला नियन्त्रणमा लिएको छ । पक्राउ परेका खत्री र मियाँको साथबाट प्रहरीले लम्बाई ६ फिट ४ ईन्च र चौडाई दुई फिट १ ईन्चको बाघको छाला बरामत गरेको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २६, २०७८  १७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update