Shittalpati
एसइई नतिजा प्रकाशित

पाल्पा, राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ । शनिबार बोर्डको बैठकले एसईईको नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो । सोही अनुसार नतिजा प्रकाशित भएको छ ।

जस अनुसार ५ लाख १७ हजार १ सय २२ जनाले परीक्षा फारम भरेकोमा ४ लाख ८४ हजार २ सय ७८ उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । कोरोनाभाइरसका कारण परीक्षा हुन नसकेपछि विद्यालयहरुले आन्तरिक मुल्यांकन गरी प्राप्तांक पठाएका थिए । सोही आधारमा परीक्षा नियन्त्रण कार्यालयले शनिबार परीक्षाफल प्रकाशन गरेको हो ।

मुलुकभरका विद्यालयले विद्यार्थीको प्राप्तांक पठाएका थिए । विद्यालयले पठाएको अंकलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गरेको हो । एसइईको नतिजा www.see.gov.np, www.neb.gov.np का साइटलगायतबाट पनि हेर्न सकिने छ ।

प्रकाशित मिति: शनिबार, साउन २३, २०७८  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update