Shittalpati
कक्षा १२ को परीक्षा सर्न सक्ने !

पाल्पा, साउन ३१ गतेदेखि हुन लागेको कक्षा १२ को परीक्षा सर्न सक्ने देखिएको छ । कोरोना संक्रमण बढ्दै गएका कारण सीसीएमसीले तत्काल परीक्षा गर्न नसक्ने जनाएपछि परीक्षा सर्न सक्ने देखिएको हो । तर यस विषयमा शनिबार राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेर निर्णय गर्ने छ जनाइएको छ ।

सीसीएमसीले कोरोना संक्रमण बढ्दै गएका कारण तत्काल परीक्षा गर्न नसक्ने आशयको पत्र राष्ट्रिय परीक्षा बोर्डलाई पठाएको बुझिएको छ । बोर्डले यस अघि सबै परीक्षार्थी र परीक्षामा संलग्न सबैलाई कोभिडविरुद्धको खोल लगाउन आग्रह गर्दै स्वाथ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाएको थियो । मन्त्रालयले कोरोना खोप उपलब्ध गर्ने विषयमा सिसिएमसीसँग परामर्श गरेको थियो ।

सिसिएमसिले बोर्डलाई नयाँ मिति तय गर्ने अनुरोध सहितको पत्र पठाएको स्रोतले जनाएको छ । बोर्डले भौतिक दुरी कायम गरी एउटा कक्षामा २५ जना मात्रै विद्यार्थी राख्ने गरी तयारी थालेको थियो । परीक्षा सार्ने वा मोडालिटी परिवर्तन गरी आन्तरिक मुल्याङ्कनबाट नम्बर दिने भन्ने विषयमा भोलीको बैठकले निर्णय गर्ने सम्भावना छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २२, २०७८  १८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update