Shittalpati
घुस अस्वीकार गर्ने प्रहरी निरीक्षक सहित ३६ ट्राफिक सम्मानित

पाल्पा,  घुस अस्वीकार गर्ने प्रहरी निरीक्षक सहित ३६ ट्राफिक प्रहरी सम्मानित भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक प्रलोभनमा नपरी जिम्मेवारी निर्वाह गर्ने प्रहरीलाई शुक्रबार एक कार्यक्रमका बीच सम्मान गरेको हो ।

सम्मानित हुनेहरु मध्ये ९ जनालाई नगद सहित वृद्धि विकासमा समेत सहयोग हुने गरी अभिलेखमा जानिने गरि पुरस्कृत गरिएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले एनजेडीलाई जानकारी दिए । उनका अनुसार अन्य २७ जना ट्राफिक प्रहरीलाई भने खादा ओढाएर प्रशंसापत्र सहित सम्मान गरिएको थियो । घुष दिन खोज्ने ४९ जना चालकहरुलाई पक्राउ गरि महाशाखाले कारवाहीको दायरामा ल्याउने ३६ जनालाई पुरस्कृत तथा सम्मान गरेको हो ।

नेपाल प्रहरी संगठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गर्न र ट्राफिक नियम उल्लंघन गर्ने कुनै पनि चालकहरूको प्रलोभनमा नपर्न नियमित ब्रिफिङ एव निर्देशन दिँदै आएको जनाएको छ । ट्राफिक प्रहरीले नियम उल्लंघनकर्ताबाट पैसा लिन्छ बन्ने आरोपलाई चिर्दै आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकलाई पक्राउ गरि कारवाहीको दायरामा ल्याउदै आएको एसएसपी भट्टराईले बताए । त्यस्ता खराव प्रवृत्ति बोकेका, घुष दिन खोज्ने चालकहरुलाई दैनिक जसो पक्राउ गर्दै आइएको उनको भनाई छ ।

आम सवारी चालकहरूलाई ट्राफिक नियमको पूर्ण पालना गर्न र उल्लंघन पश्चात् हुने कारवाहीबाट बच्न ट्राफिक प्रहरीलाई प्रलोभनमा पार्ने प्रयास नगर्न महाशाखाले आग्रह गरेको छ । यस प्रकारका गलत संस्कारले नियम नमान्ने परिपाटीमा थप बल पुग्नुको साथै समग्र सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा समेत असर गर्ने महाशाखाको बुझाई छ ।

महाशाखाले प्रहरी निरीक्षक शंकर खड्का सहित प्रहरी सहायक निरीक्षक मणिकान्त झा, प्रहरी हवल्दारद्वय बिनोद गोतामे र सन्तोष कुमार शाह साथै प्रहरी जवानहरु अमर यादव, केशव बिष्ट, दिनेश श्रेष्ठ, देवीराम धमला, कृष्ण बहादुर शाही रहेका छन भने प्रहरी हवल्दारहरु अशोक कुमार धवल, उमेश राम, कृष्ण कुमार प्रजापती, नारायण दत्त भट्ट, पदम सिंह धामी, प्रमानन्द यादव, बसन्त कुमार गौतम, बिरेन्द्र कलवार, सम्भु नारायण यादव, शिव नारायण चौधरी र प्रहरी जवानहरु कमल खड्का, अरुण अधिकारी, गणेश ओझा, गुणकर अवस्थी, दिनेश बि.क., प्रकाश थापा, प्रज्ञान के.सी, मनोज कुमार चौधरी, दिनेश लामा, महेन्द्र प्रसाद शर्मा, यशोदा भट्ट, राकेश कुमार शाह, राजेन्द्र कार्की, लक्षमण सिंह बोहोरा, बिजय सिंह ऐर, श्याम सुन्दर यादव, हेमन्त बहादुर खड्कालाई सम्मान गरेको हो ।

प्रकाशित मिति: शुक्रबार, साउन २२, २०७८  १७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update