एसइई : आन्तरिक मूल्याङ्कनलाई आधार मान्न आग्रह
मंगलबार, वैशाख २३, २०७७

प्रदेश पाँचमा कोरोना भेटिएपछि थप सजगता
मंगलबार, वैशाख २३, २०७७
प्रदेश पाँचमा दुई दिनमा १७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि सुरक्षा सतर्कता बढेको छ । शनिबार र आइतबार रुपन्देही र बाँकेमा गरी १७ जनामा कोरोना संक्रमण भेटिएपछि नागरिकमा त्रास कम गर्न सतर्कता बढाइएको हो ।

बगनासकाली गाउँपालिकाले संकलन गर्यो विदेशमा रहेका नागरिकको तथ्याङ्क
सोमबार, वैशाख २२, २०७७
जिल्लाको बगनासकाली गाउँपालिकाले गाउँ छाडी भारत लगायत तेस्रो मुलुकमा रहेका नागरिकहरुको विवरण संकलन गरेको छ ।
सामुदायिक रेडियो मदनपोखराद्वारा २०७७ को भित्तेपात्रो सार्वजनिक
आइतबार, वैशाख २१, २०७७
जिल्लाको तानसेन नगरपालिका ९ दमकडामा रहेको सामुदायिक रेडियो मदनपोखरले २०७७ सालको भित्तेपात्रो सार्वजनिक गरेको छ । कोरोनामहामारी र बन्दाबन्दीकाकारण डिजिटल भर्सन मात्र वितरण गरेको रेडियोले आईतबार भित्तेपात्रो नै सार्वजनिक गरेको हो ।

प्रदेश पाँचमा बन्दाबन्दीले दुर्घटना दर ह्वात्तै घट्यो
शनिबार, वैशाख २०, २०७७
प्रदेश ५ मा बन्दाबन्दी शुरु भएपछि दुर्घटनाको दर हवात्तै घटेको छ । सडकमा टिपर तथा माइक्रो बस हिँडन छाडेपछि दुर्घटना दर घटेको ट्राफिक प्रहरीले जनाएको छ । यसअघि दैनिकजसो हुने सवारी दुर्घटनामा मानिसको मृत्यु र घाइते हुने क्रम बढी थियो । गत आर्थिक वर्ष २०७५/०७६ को चैतमा यस प्रदेशमा ८१...

माथागढी गाउँपालिकाद्वारा बेवारिसे महिलाको उद्दार
शुक्रबार, वैशाख १९, २०७७
जिल्लाको माथागढी गाउँपालिकाले एक बेवारिसे महिलाको उद्दार गरेको छ । गाउँपालिकाले वडा २ खहरेबाट बेवारिसे महिलाको उद्दार गरेको हो ।

लागुऔषधसहित दुई जना पक्राउ
बुधबार, वैशाख १७, २०७७
लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । प्रहरीले लागुऔषध सहित नवलपरासीबाट दुई जनालाई पक्राउ गरेको हो ।

कोभिड–१९ : राहत प्याकेज ल्याउन चेम्बरको आग्रह
मंगलबार, वैशाख १६, २०७७
निजी क्षेत्रले विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ बाट अर्थ व्यवस्था प्रत्यक्ष प्रभावित भएको भन्दै सुधारका लागि चरणबद्ध राहतका कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरेको छ ।
.jpg)
कोरोना राहत कोषमा नेपाली काँग्रेस तानसेनको सहयोग
आइतबार, वैशाख १४, २०७७
जिल्लाको तानसेन नगरपालिकाले स्थापना गरेको कोरोना राहत कोषमा नेपाली काँग्रेस तानसेन नगर समितिले सहयोग गरेको छ । काँग्रेसले आईतबार राहत कोषका लागि ७५ हजार १ सय ३५ रुपैयाँ सहयोग गरेको हो

माथागढी गाउँपालिकाद्वारा सञ्चालित आधारभूत तह कक्षा ५ र ८ को परीक्षाफल प्रकाशित
आइतबार, वैशाख १४, २०७७

प्रदेश सांसदद्वारा माथागढी गाँउपालिकामा अनुगमन
आइतबार, वैशाख १४, २०७७
जिल्लाको माथागढी गाउँपालिकामा प्रदेश पाँचका सांसदहरुद्वारा अनुगमन गरिएको छ । सांसदहरुले गाउँपालिकाले कोरोना विपद् व्यवस्थापनका लागि गरेका काम र तयारीका विषयमा अनुगमन गरेका हुन् । जिल्लाका केही स्थानीय तहहरुमा राहत वितरणको मादण्ड र प्रक्रिया पालना नभएको गुनासो आएपछि जिल्ला समन्वय समिति पाल्पाको समन्वयमा सांसदहरुले आफ्ना निर्वाचन क्षेत्रमा पर्ने स्थानीय तहहरुको...

रिब्दीकोटमा घर छाड्नेको विवरण संकलन गरिदै
आइतबार, वैशाख १४, २०७७
जिल्लाको रिब्दीकोट गाउँपालिकाले गाउँ छाड्नेको विवरण संकलन गर्न थालेको छ । विभिन्न उद्देश्यले गाउँ छाडेका तर कोरोना महामारीका कारण गाउँ फर्किन चाहेको अवस्थामा उद्दार गर्नका लागि गाउँपालिकाले आइतबारदेखि अनलाइन माध्यमबाट गाउँ छाड्नेहरुको विवरण संकलन गर्न लागेको हो ।

नेपालमा भेटियो ‘लहरे सर्प’को नयाँ प्रजाति
आइतबार, वैशाख १४, २०७७
नेपालमा ‘लहरे सर्प’को नयाँ प्रजाति फेला परेको छ । स्थानीयवासीले सुगा वा उडुवा सर्प भनेर चिन्ने उक्त लहरे सर्प पहिलो पटक शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको लरिघाट क्षेत्रमा फेला परेको हो ।