तीन महिनादेखि कार्यालय प्रमुखविहीन , सेवाग्राही मर्कामा
बिहीबार, साउन ७, २०७८
अब रामपुरमै व्यवस्थापनमा स्नातकोत्तर
बुधबार, साउन ६, २०७८
‘आमा बुहारी’ क्याम्पसका रूपमा पहिचान बनाएको पूर्वी पाल्पाको पहिलो शहीद बहुमुखी क्याम्पसमा अब एमबिएस तहमा पढाई हुने भएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) कार्यकारी परिषद्को गत असार २८ को बैठकले व्यवस्थापन विषयमा स्नातकोत्तर अध्ययनका लागि स्वीकृति प्रदान गरेपछि यहाँ कक्षा सञ्चालन गर्ने तयारी गरिएको छ ।
विद्यालय भवन अलपत्र पारेर निर्माण व्यवसायी फरार
मंगलबार, साउन ५, २०७८
गुल्मीमा निर्माणधिन विद्यालयको भवन अलपत्र पारेर निर्माण व्यवसायी फरार भएका छन् । जिल्लाको मदाने गाउँपालिका –६ मा रहेको धाराचौर आधारभुत विद्यालयमा निर्माण गर्न लागिएको विद्यालयको भवन बेवारिसे अवस्थामा छाडेर निर्माण व्यवसायी फरार भएका हुन् ।
पाल्पाको रिब्दीकोटमा वृद्ध मृत अवस्थामा फेला
सोमबार, साउन ४, २०७८
जिल्लाको रिब्दीकोट गाउँपालिका –१ ख्याहामा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । सोमबार विहान सोही ठाउँका ७० वर्षीय शालिकराम वि.क. मृत अवस्थामा फेला परेका हुन् ।
भ्रूणहत्या आरोपमा युवती पक्राउ
आइतबार, साउन ३, २०७८
अवैध गर्भधारण गरेर भू्रणहत्या गरेको आरोपमा बागलुङको जैमिनी नगरपालिकाबाट एक युवती पक्राउ परेकी छन् । जैमिनी–१० की २६ वर्षीया युवतीमाथि चार महिनाको भू्रण हत्या गरेर बारीमा गाडेको आरोप लागेको हो ।
कोरोना खोप : शिक्षकको प्राथमिकता सच्याउन ट्रेड युनियन पाल्पाको माग
आइतबार, साउन ३, २०७८
,नेपाल ट्रेड युनियन काँग्रेस पाल्पाले शिक्षकको प्राथमिकता सच्याउन माग गरेको छ । नेपाल सरकारले कोरोना विरुद्धको खोप लगाउन विश्व विद्यालय, विद्यालयका प्रध्यापक, शिक्षक तथा कर्मचारीलाई दोस्रो प्राथमिकतामा राख्दा पाल्पामा भने तेस्रो प्राथमिकतामा राखिएको प्रति गम्भिर ध्यानाकर्षण जनाउदै तत्काल प्राथमकिता सच्याउन ट्रेड युनियले माग गरेको हो ।
गुल्मीको कालीगण्डकीमा मगर समुदायको भेला
शनिबार, साउन २, २०७८
जिल्लाको कालीगण्डकी गाउँपालिकामा मगर समुदायको अगुवा भेला बसेको छ । गाउँपालिका भित्र बसोबास गर्ने मगरहरुलाई संगठित गरी अधिकार र संस्कृतिको संरक्षणमा एक जुट बन्नका लागि नेपाल मगर संघ कालीगण्डकी गाउँपालिकाको आयोजनामा भेला भएको हो ।
पाल्पाको निस्दीमा महिला मृत फेला
शनिबार, साउन २, २०७८
जिल्लाको निस्दी गाउँपालिका –४ छापाडाँडामा एक महिला मृत अवस्थामा फेला परेकी छन् । शनिबार विहान सोही ठाउँकी ५१ वर्षीया दिलकुमारी सुनारी मृत अवस्थामा फेला परेकी हुन् ।
एनजेडीको प्रकाशकीय : हाम्रो यात्रा २७ बर्षमा
शुक्रबार, साउन १, २०७८
मोफसलबाट समाचारमूलक पत्रिका प्रकाशन गर्न शुरु गर्नु पक्कै पनि चुनौतीपूर्ण कार्य थियो । अझै कोभिड १९ ले थला परेको अवस्थामा स्थानीयस्तरका समाचार, दुर्गम क्षेत्रका जनताको आवाज मिडियासम्म पुग्न नसकेको अवस्थामा ति आवाजहरुको उठान गर्नु हामीले आफ्नो कर्तव्य मानेर पत्रिका प्रकाशनको थालनी गर्यौं ।
पाल्पामा निषेधाज्ञा थपियो,जोर–विजोर प्रणालीमा सार्वजनिक सवारी चल्ने
बिहीबार, असार ३१, २०७८
पाल्पामा दश दिनका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी)को विहीवार बसेको बैठकले निषेधाज्ञा खुकुलो पार्दै साउन १० गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।
उत्कृष्ट शिक्षक तथा विद्यालय सम्मानित
बुधबार, असार ३०, २०७८
शैक्षिक सुधारमा योगदान पुर्याउने उत्कृष्ट शिक्षक तथा विद्यालयलाई सम्मान गरिएको छ । शिक्षा तथा सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेश, शिक्षा तथा सामाजिक विकास निर्देशनालय अन्तर्गत सामाजिक विकास डिभिजन कार्यालय पाल्पाले दुई वटा विद्यालय र ४६ जना शिक्षकहरुलाई सम्मान गरेको हो ।
कालीगण्डकी डाइभर्सन रोक्न सर्वोच्चको अन्तरिम आदेश
बुधबार, असार ३०, २०७८
सरकारले कालीगण्डकी नदी डाइभर्सन आयोजना अघि बढाउन लागेपछि सर्वोत्र विरोध भइरहेका बेला सर्वोच्च अदालतले कालीगण्डकी नदीको वहाव रोक्ने गरी काम नगर्न अन्तरिम आदेश दिएको छ ।


