Shittalpati
पाल्पाको निस्दीमा महिला मृत फेला

पाल्पा, जिल्लाको निस्दी गाउँपालिका –४ छापाडाँडामा एक महिला मृत अवस्थामा फेला परेकी छन् । शनिबार विहान सोही ठाउँकी ५१ वर्षीया दिलकुमारी सुनारी मृत अवस्थामा फेला परेकी हुन् ।

उनी आफ्नै घरमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार घरको भर्‍याङ नजिकै महिलाको शव भेटिएको हो । मृतक महिला भर्‍याङबाट लडेको हुन सक्ने बताइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, साउन २, २०७८  १२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update