Shittalpati
पाल्पाको रिब्दीकोटमा  वृद्ध मृत अवस्थामा फेला

पाल्पा, जिल्लाको रिब्दीकोट गाउँपालिका –१ ख्याहामा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । सोमबार विहान सोही ठाउँका ७० वर्षीय शालिकराम वि.क. मृत अवस्थामा फेला परेका हुन् ।

विक साउन १ गतेदेखि घरमा जानकारी नगराई हिडेको र खोजतलास गर्दा उनी मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

 

प्रकाशित मिति: सोमबार, साउन ४, २०७८  १२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update