Shittalpati
पाल्पामा प्राध्यापक,कर्मचारीले दिए खोप नपाए परीक्षा रोक्ने चेतावनी

कृष्ण पोखरेल
पाल्पा, त्रिभुवन विश्वविद्यालय अन्तर्गत त्रिभुवन बुहुमुखी क्याम्पस पाल्पाका प्राध्यापक, कर्मचारीहरुले कोरोना भाईरस विरुद्धको खोप लगाउन नपाए स्नातक तह प्रथम बर्षको बार्षिक परीक्षा रोक्ने चेतावनी दिएका छन् । सरकारले परीक्षा सञ्चालन हुने विश्वविधालयका प्रधाध्यापक, कर्मचारीहरुलाई प्राथमिकतामा राखेर खोप लगाउने निर्यण गरे पनि पाल्पामा भने जिल्ला कोभिड व्यवस्थापन समितिले ५५ बर्ष उमेर समूहलाई मात्र प्राथमिकतामा राखी खोप वितरण गरेपछी प्राध्यापक तथा कर्मचारीहरुले साउन १० गते देखिको परीक्षा रोक्ने चेतावनी दिएका छन् । त्रिभुवन विश्वविद्यालयले २०७७ सालमा सञ्चालन गर्ने स्नातक तह प्रथम बर्षको बार्षिक परीक्षा कोरोना भाईरसको जोखिमको कारण एक बर्ष पछी २०७८ श्रावण १० गते देखी सञ्चालन हुने तालिका सार्वजनिक गरी अन्तिम तयारीमा जुटेको छ ।

पाल्पामा मात्र स्नातक तह प्रथम बर्षको लागि १५ विभिन्न क्याम्पसका १ हजार २ सय विद्यार्थीहरु बार्षिक परीक्षामा सहभागी हुँदै छन् । कोरोनाको जोखिम बढ्दो छ, आंशिक प्राध्यापकहरु विभिन्न माग लिएर आन्दोलनमा छन्, पूर्णकालिन प्राध्यापक तथा कर्मचारीहरु केही विरामी परेका छन्, कार्यालयमा हाजिर भएका कर्मचारीहरुले कोरोना खोप नपाएसम्म बार्षिक परीक्षाको काममा सहभागी नहुने गरी क्याम्पसन प्रशासनमा डेलिगेशन आएको सहायक क्याम्पस प्रमुख कृष्णबहादुर कार्कीले बताए ।

त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरु, गुल्मी, स्याङ्जा, रुपन्देही, कपिलबस्तु, नवलपरासी लगायतका जिल्लाका सबै प्राध्यापक कर्मचारीहरुले कोरोना विरुद्धको खोप लगाईसके, पाल्पामा भने केन्द्र सरकारले प्राथमिकताको सूचीमा राखे पनि जिल्लाबाट वेवास्ता भएको त्रिभुवन बहुमुखी क्याम्पसका प्राध्यापक, कर्मचारीहरुको गुनासो रहेको छ । परीक्षा नै रोकिने अवस्था आउन नदिन खोपको विषयमा कोभिड व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेसँंग कुराकानी भईरहेकाले खोपको लागि पहल गर्ने आश्वासन दिएको सहायक क्याम्पस प्रमुख कार्कीले बताए ।

एक बर्ष देखी रोकिएका परीक्षाको तालिका सार्वजनिक भएपछी विद्यार्थीहरु परीक्षा दिन तानसेनका होटलहरुमा बस्न थाली सकेका छन् । परीक्षा शाखामा दिनहुँ भिडभाड बढ्दो छ । परीक्षामा सहभागी प्राध्यापक तथा कर्मचारीहरुले खोप नपाउँदा जोखिम बढेको छ,क्याम्पसको बार्षिक परीक्षालाई नियमित रुपमा सञ्चालनको लागि तत्काल खोपको व्यवस्था हुनुपर्ने त्रिभुवन बहुमुखी क्याम्पसका स्ववियु सभापति हरिवोल भट्टराईले बताए । खोप नपाएकै कारण परीक्षा रोकिनु हुँदैन तत्कालै प्रमुख जिल्ला अधिकारीले क्याम्पसका प्राध्यापक तथा कर्मचारीहरुका लागि खोपको व्यवस्थापन गर्नुपर्ने सभापति भट्टराईले बताए । त्रिभुवन बहुमुखी क्याम्पसमा स्थायी, आंशिक र कर्मचारी गरी १ सय ४५ जना कार्यरत रहेका छन् । प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले भने सरकारले पहिलो प्राथमिकतामा ५५ बर्ष माथिकै उमेर समुह राखेको र दोस्रो प्राथमिकतामा विश्वविद्यालयमा कार्यरत शिक्षक,कर्मचारीहरुलाई राखेको अवस्था रहेकाले सोही अनुसार जिल्लामा खोप लगाएको बताए ।

तस्वीर : त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा ।

 

प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update