Shittalpati
कक्षा १२ को परीक्षा स्थगित

पाल्पा, राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ । शनिबार बसेको बोर्ड बैठकले साउन ३१ गतेबाट हुने परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

परिस्थिति अनुकूल भएपछि पुनः परीक्षा सञ्चालन गर्ने निर्णय समेत बोर्डले गरेको छ । पुनः हुने परीक्षा बारे १५ दिन अघि जानकारी दिने बोर्डले जनाएको छ । यसअघि एक महिना अघि परीक्षा तालिका सार्वजनिक गरिन्थ्यो । गतवर्ष कक्षा १२ को परीक्षा मंसिरमा सञ्चालन भएको थियो । स्वास्थ्य मन्त्रालयले परीक्षा स्थगित गर्नका लागि बोर्डलाई सिफारिस गरेको थियो ।

बोर्डले यस अघि सबै परीक्षार्थी र परीक्षामा संलग्न सबैलाई कोभिडविरुद्धको खोल लगाउन आग्रह गर्दै स्वाथ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाएको थियो । मन्त्रालयले कोरोना खोप उपलब्ध गर्ने विषयमा सिसिएमसीसँग परामर्श गरेको थियो ।

शुक्रबार सिसिएमसिले बोर्डलाई नयाँ मिति तय गर्ने अनुरोध सहितको पत्र पठाएको थियो । सोही पत्र अनुसार बोर्डको शनिबार बसेको बैंठकले परीक्षा स्थगित गरेको हो ।

प्रकाशित मिति: शनिबार, साउन २३, २०७८  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update