Shittalpati
अमेरिकी चुनाव : मिचिगन, विस्कन्सिनमा बाइडेन विजयी
अमेरिकी चुनाव : मिचिगन, विस्कन्सिनमा बाइडेन विजयी अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका तर्फका प्रत्यासी जो बाइडेनले मिचिगन र विस्कन्सिन राज्यमा विजय हासिल गरेका छन् । डेमोक्रेट पार्टीको वर्चश्व रहँदै आएका यी दुबै राज्यमा चार वर्षअघि राष्ट्रपति ट्रम्प विजयी भएका थिए ।
पाल्पाका दुई पुरुषको मृत्युपछि कोरोना पुष्टि
पाल्पाका दुई पुरुषको मृत्युपछि कोरोना पुष्टि जिल्लामा मृत्यु भएपछि दुई पुरुषको कोरोना संक्रमण पुष्टि भएको छ । तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारत दुई पुरुषको मृत्यु पछि कोरोना पुष्टि भएको हो । माथागढी गाउँपालिका र तिनाउ गाउँपालिकाका दुई जना पुरुषको विहिबार कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
पाल्पामा थप कोरोना संक्रमित माथागढीका एक पुरुषको मृत्यु
पाल्पामा थप कोरोना संक्रमित माथागढीका एक पुरुषको मृत्यु पाल्पामा थप कोरोना संक्रमित माथागढीका एक पुरुषको मृत्यु भएको छ । माथागढी गाउँपालिका–२ रुप्सेका ६६ वर्षीय कोरोना संक्रमित पुरुषको युनाईटेड मिसन अस्पताल तानसेनमा उपचारका क्रममा बुधबार मृत्यु भएको हो ।
पाल्पामा थप कोरोना संक्रमित ४४ वर्षीय पुरुषको मृत्यु
पाल्पामा थप कोरोना संक्रमित ४४ वर्षीय पुरुषको मृत्यु जिल्लामा थप कोरोना संक्रमित ४४ वर्षीय एक पुरुषको मृत्यु भएको छ । तिनाउ गाउँपालिका ६ डुम्रेका पुरुषको बुधबार दिउँसो मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।
चिसो बढेसँगै बाढी–पहिरो पीडितलाई बासको चिन्ता
चिसो बढेसँगै बाढी–पहिरो पीडितलाई बासको चिन्ता भदौ १७ गते भुजी खोलामा बाढी–पहिरो नआएको भए यतिबेला ढोरपाटनको बुकी क्षेत्रमा रहेका बोबाङबासी बेसी झरिरहेका हुन्थे । वर्षाको समयमा ढोरपाटन शिकार आरक्ष क्षेत्रको बुकीमा पशुपालन व्यवसाय र खेतीपाती गर्ने र हिउँद्मा बोबाङ झरेर चिसो छल्थे उनीहरू ।
पाल्पामा यसवर्ष धान उत्पादनमा गिरावट आउने
पाल्पामा यसवर्ष धान उत्पादनमा गिरावट आउने जिल्लामा यसवर्ष धान उत्पादनमा गिरावट आउन सक्ने अनुमान गरिएको छ । बेमौसमी वर्षाद्, रोकको प्रकोप र रासायनिक मलको अभावका कारण धान उत्पादनमा गिरावट आउन सक्ने विज्ञहरुले अनुमान गरेका हुन् ।
गुल्मीका कोरोना संक्रमित ८५ वर्षीय पुरुषको बुटवलमा मृत्यु
गुल्मीका कोरोना संक्रमित ८५ वर्षीय पुरुषको बुटवलमा मृत्यु रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक संक्रमितको मृत्यु भएको छ । गुल्मीदरबार गाउँपालिका वडा नंं. ६ का ८५ वर्षीय व्यक्तिको उपचारकै क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।
सात दिनभित्रै दाबी भुक्तानी दिन समितिको निर्देशन
सात दिनभित्रै दाबी भुक्तानी दिन समितिको निर्देशन नियामक निकाय बिमा समितिले सबै बिमा कम्पनीहरुलाई निर्देशन कोरोना बिमाको दाबी भुक्तानी ७ दिनभित्र दिन निर्देशन दिएको छ । कोरोना लागेर निको भइसकेको लामो समयसम्म पनि धेरैले बिमा दावी भुक्तानी नपाएको व्यापाक गुनासो आएपनि समितिले ७ दिनभित्रै भुक्तानी दिन निर्देशन दिएको हो ।
पाल्पामा कारोना संंक्रमणबाट स्वास्थ्यकर्मीको निधन
पाल्पामा कारोना संंक्रमणबाट स्वास्थ्यकर्मीको निधन पाल्पामा कोरोना संक्रमणबाट एक जना स्वास्थ्यकर्मीको निधन भएको छ । पाल्पामा पहिलो पटक रामपुरमा मेडिकल व्यवसाय गर्ने ४४ वर्षिय एक पुरुष स्वास्थ्यकर्मीको निधन भएको हो ।
मंगलबार ३ हजार १ सय ४२ जना कोरोना मुक्त
मंगलबार ३ हजार १ सय ४२ जना कोरोना मुक्त पछिल्लो २४ घण्टामा देशभर ३ हजार १ सय ४२ जना कोरोना संक्रमणबाट निको भएका छन् । मंगलबार देशभर ३ हजार १ सय ४२ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पाल्पामा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु
पाल्पामा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु पाल्पामा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ । लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचाररत रामपुर नगरपालिका ७ पाल्पाका ४४ वर्षीय पुरूषको मृत्यु भएको हो ।
विदेशबाट फर्किएका युवा अदुवा खेतीमा
विदेशबाट फर्किएका युवा अदुवा खेतीमा देशमा रोजगारी नभएको भन्दै धेरै युवा जनशक्ति रोजगारीको खोजीमा विदेशिएको बेला केही युवा भने वैदेशिक रोजगारीलाई छाडेर स्वदेशमै कृषि पेशामा आफ्नो भविष्य खोजिरहेका छन् । विदेशी भूमिमा जति पसिना बगाए पनि सीमित समयका लागि मात्रै भएको भन्दै रोजगारीका लागि विदेशिएका युवा पछिल्लो समय कृषिमा पेशातर्फ आकर्षित हुन थालेका छन् ।
Weather Update