Shittalpati
भारत र पाकिस्तानको युद्धविराम

काठमाडौं, संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएका छन् ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै यसबारे जानकारी दिएका हुन् । 

भारत र पाकिस्तानबीचको सीमामा निरन्तर ड्रोन आक्रमण, गोलाबारी र तनावपूर्ण अवस्था सिर्जना भएको बेला यो कदम चालिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । जसले क्षेत्रीय र विश्वव्यापी स्तरमा चिन्ता बढाएको थियो ।  अमेरिकी पक्षले यसलाई दुई देशको सामान्य ज्ञान र महान् बुद्धिमत्ताको परिणामको रूपमा वर्णन गरेको छ । अमेरिकाले युद्धविराम गर्ने निर्णयको लागि दुवै देशलाई बधाई दिएको छ । अब सीमामा शान्ति पुनस्र्थापित हुने र दुई देशबीचको तनाव कम गर्न थप सकारात्मक कदम चालिने अपेक्षा गरिएको छ । –एजेन्सीबाट

प्रकाशित मिति: शनिबार, वैशाख २७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update