Shittalpati
पाल्पामा कारोना संंक्रमणबाट स्वास्थ्यकर्मीको निधन

पाल्पा । पाल्पामा कोरोना संक्रमणबाट एक जना स्वास्थ्यकर्मीको निधन भएको छ । पाल्पामा पहिलो पटक रामपुरमा मेडिकल व्यवसाय गर्ने ४४ वर्षिय एक पुरुष स्वास्थ्यकर्मीको निधन भएको हो ।

उनको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारको निधन भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले बताए । अहिले सम्म जिल्लामा संक्रमित कुल ६१ जना स्वास्थ्यकर्मी मध्ये एक जनाको निधन भएको हो । जिल्लामा एक जनाको निधन भएसँगै निधन हुनेको कुल संख्या ११ पुगेको छ ।

पाल्पामा अहिलेसम्म १ हजार १ सय ६७ जनालाई कोरोना संक्रमण देखिएको छ । उनीहरु मध्ये ९ सय ६६ जनाले कोरोना तिजेर घर फिर्ता भएका छन्, भने अझै १ सय ९० जना सक्रिय संक्रमित रहेका छन् ।

 

प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०७७  १८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update