Shittalpati
पाल्पामा थप कोरोना संक्रमित ४४ वर्षीय पुरुषको मृत्यु

पाल्पा । जिल्लामा थप कोरोना संक्रमित ४४ वर्षीय एक पुरुषको मृत्यु भएको छ । तिनाउ गाउँपालिका ६ डुम्रेका पुरुषको बुधबार दिउँसो मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । ति पुरुषको युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

निमोनियाका कारण श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना भएका ति पुरुषको विहिबार मात्र कोरोना रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी पन्थीले बताए । योसँगै पाल्पामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०७७  १२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update