Shittalpati
मंगलबार ३ हजार १ सय ४२ जना कोरोना मुक्त

पाल्पा । पछिल्लो २४ घण्टामा देशभर ३ हजार १ सय ४२ जना कोरोना संक्रमणबाट निको भएका छन् । मंगलबार देशभर ३ हजार १ सय ४२ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै निको हुनेको कुल संख्या १ लाख ४१ हजार १ सय ३४ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा संक्रमितको संख्या १ लाख ७९ हजार ६ सय १४ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३७ हजार ४ सय ७६ रहेको छ । मन्त्रालयका अनुसार हालसम्म पिसिआर विधिबाट १४ लाख ८० हजार ९ सय ७८ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ११ हजार १ सय ६६ पिसिआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ हजार २ सय ७७ रहेको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०७७  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update