Shittalpati
आज रातभर जाग्राम बसेर दसैँको समापन गरिँदै
आज रातभर जाग्राम बसेर दसैँको समापन गरिँदै आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा शुक्रबार साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ ।
तानसेनका थप ४ जनामा कोरोना पुष्टि
तानसेनका थप ४ जनामा कोरोना पुष्टि पछिल्लो २४ घण्टामा पाल्पा तानसेनका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई विहीबार प्राप्त विवरण अनुसार तानसेन नगरपालिका ४ जना पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको हो । योसंगै जिल्लामा कुल संक्रमितको संख्या १ हजार १ सय ८ पुगेको छ ।
भारतमा कोरोनाबाट एक लाख २० हजारको मृत्यु
भारतमा कोरोनाबाट एक लाख २० हजारको मृत्यु भारतमा विगत २४ घण्टामा ५ सय ८ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ  । योसँगै संक्रमणबाट मृत्यु भएका व्यक्तिको संख्या एक लाख २० हजार १० पुगेको छ । मन्त्रालयले भारतमा कुल जनसंख्यामा संक्रमित हुने व्यक्तिको अनुपात विश्वमै सबैभन्दा न्यून रहेको पनि जनाएको छ ।
दैनिक कोरोना सम्बन्धी ब्रिफिङ नहुने
दैनिक कोरोना सम्बन्धी ब्रिफिङ नहुने दैनिक कोभिड–१९ प्रेस ब्रिफिङ नहुने भएको छ । आजदेखि दैनिक ब्रिफिङ नहुने मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले बुधबार जानकारी गराएका छन् । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार अब हप्तामा दुई दिन आइतबार र बुधबार साविककै समयमा ब्रिफ्रिङ आउने छ ।
पाल्पामा बुधबार १३ संक्रमितले कोरोना जिते
पाल्पामा बुधबार १३ संक्रमितले कोरोना जिते पाल्पामा पछिल्लो २४ घण्टामा १३ जना संक्रमितले कोरोना जितेका छन् । बुधबार जिल्ला स्वास्थ्य कार्यालयलाई प्राप्त विवरण अनुसार जिल्लाका विभिन्न स्थानका १३ जना संक्रमित कोरोना जितेर घर फर्किएका हुन् ।
दशैँ मान्न आउनेमा कोरोना, जोखिममा गाउँ
दशैँ मान्न आउनेमा कोरोना, जोखिममा गाउँ दशैँ मनाउन भारतबाट आएका युवामा कोरोना संक्रमण देखिएपछि बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा (पर्यटकीय गाउँ) पाँच दिनका लागि पालिकाको प्रवेश नाका बन्द गरिएको छ । समूहमा टीका लगाएका ती युवाले दशैंँको टीकाको केही दिन पहिला नै परीक्षणका लागि नमूना दिएका थिए ।
पाल्पामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि
पाल्पामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि पछिल्लो २४ घण्टामा पाल्पामा ९ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई विहीबार प्राप्त विवरण अनुसार पूर्वखोलाका ५ जना, रैनादेवी छहराका २ जना, तिनाउका १ जना र रामपुरका १ जनामा गरी ९ जनामा कोरोना संक्रमण देखिएको हो ।
पाल्पामा सम्बन्ध विच्छेदका घटनामा कमी
पाल्पामा सम्बन्ध विच्छेदका घटनामा कमी पाल्पामा सम्बन्ध विच्छेदका मुद्दामा कमी आएको छ । गत आर्थिक वर्ष २०७५/०७६ को तुलनामा आर्थिक वर्ष २०७६/०७७ मा सम्बन्ध विच्छेदका घटनामा कमी आएको हो । आव २०७५/७६ मा जिल्लामा २ सय ५५ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकोमा १ सय ९१ वटा मुद्दा फछ्र्यौट भएका थिए ।
कुलानन्द ठाकुर नेपाल स्मृति पुरस्कार स्थापना
कुलानन्द ठाकुर नेपाल स्मृति पुरस्कार स्थापना कुलानन्द ठाकुर नेपाल स्मृति पुरस्कार स्थापना गरिएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिका ७ मैनादी जन्मथलो भई नेपाल प्रहरीमा तत्कालीन समयमा नेपालकै पहिलो खुल्ला प्रतिष्पर्धाद्वारा प्रहरी इन्सपेक्टर पदमा प्रथम स्थान हासिल गरी सेवा प्रवेश गरेका पूर्व डि.एस.पी. स्व. कुलनन्द ठाकुर नेपालको स्मृतिमा स्व. कुलानन्द ठाकुर नेपाल स्मृतिप्रथम पुरस्कार स्थापना गरिएको हो...
पाल्पामा कोरोना परीक्षणका लागि थप किट आयो
पाल्पामा कोरोना परीक्षणका लागि थप किट आयो पाल्पामा कोरोना परीक्षणका लागि थप किट आएको छ । कोरोना परीक्षणका लागि तानसेनमा सञ्चालनमा ल्याइएको पिसीआर प्रयोगशालाका लागि थप किट आएको हो । स्वास्थ्य विभागबाट प्राप्त किट पूर्व उद्योगमन्त्री तथा पाल्पा क्षेत्र नं २ का प्रतिनिधि सभा सांसद सोमप्रसाद पाण्डेयले पाल्पा अस्पताललाई हस्तान्तरण गरेका छन् ।
कक्षा १२ को परीक्षामा संक्रमितलाई अलग्गै व्यवस्था
कक्षा १२ को परीक्षामा संक्रमितलाई अलग्गै व्यवस्था राष्ट्रिय परीक्षा बोर्डले आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन गर्ने कक्षा १२ को परीक्षामा कोरोना संक्रमित विद्यार्थीका लागि अलग्गै व्यवस्था गरेको छ ।
Weather Update