
पाल्पा, तिनाउ गाउँपालिका– ३ सिद्धबाबा ड्याम साईड नजिकै टिपर दुर्घटना हुँदा चालकको मृत्युु भएको छ । आज साँझा बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ क २५१७ नम्बरको खाली टिपर दुर्घटना हुँदा चालक सियारी गाउँपालिका –२ रुपन्देहीका २६ वर्षीय प्रभाकर यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।
अचानक टिपरको चक्का पञ्चर हुँदा अनियन्त्रीत भई गाडी सडकबाट ६५ मिटर तल तिनाउ खोलाको किनारमा खस्न जाँदा चालक यादव गम्भीर घाइते भएको थिए । घाइते उनलाई प्रहरी चौकी दोभानबाट खटेको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको थियो । अस्पताल पुर्याइएका उनको डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेका थिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।