अन्तर्राष्ट्रिय भलिबल खेलाडी श्रेष्ठको निधन

गुल्मी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल खेलाडी बद्रीप्रकाश श्रेष्ठको निधन भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–१ का ५५ वर्षीय श्रेष्ठको उपचारका क्रममा काठमाडौंको मेडिसिटी अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
श्रेष्ठ लामो समयदेखि लिभरको समस्याबाट ग्रसित थिए । नेपालको तर्फबाट जर्मन र बङ्गलादेश लगायतका देशमा भलिबल प्रतियागिता खेलेका श्रेष्ठको निधनले जिल्लाका खेलप्रमी शोकमा छन् । देशको खेल क्षेत्रको विकासमा योगदान पु¥याएका श्रेष्ठको निधनले निकै स्तब्ध बनाएको जिल्ला भलिबल सङ्घ गुल्मीले जनाएको छ । उनका श्रीमती र छोराछोरी रहेका छन् ।
प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२
प्रतिक्रिया दिनुहोस्