Shittalpati
पाल्पामा थप कोरोना संक्रमित माथागढीका एक पुरुषको मृत्यु

पाल्पा । पाल्पामा थप कोरोना संक्रमित माथागढीका एक पुरुषको मृत्यु भएको छ । माथागढी गाउँपालिका–२ रुप्सेका ६६ वर्षीय कोरोना संक्रमित पुरुषको युनाईटेड मिसन अस्पताल तानसेनमा उपचारका क्रममा बुधबार मृत्यु भएको हो ।

गत सोमबार मुखमा घाउँ भएर अस्पताल पुगेका ति पुरुषको कोरोना लक्षण देखिएपछि अस्पतालले स्वाब संकलन गरेर पठाएको थियो । मृतक पुरुषको विहिबार कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालका सूचना अधिकारी जीवन भट्टराईले बताए ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०७७  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update