Shittalpati
प्रेस चौतारी पाल्पाद्वारा वक्तृत्वकला प्रतियोगिता

पाल्पा, प्रेस चौतारी नेपाल पाल्पा शाखाले माविस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । उसले आफ्नो २५ औं शाखा स्थापना दिवस एवं रजतजयन्तीको अवसरमा शुक्रबार तानसेनमा प्रतियोगिता आयोजना गरेको हो ।

“गुणस्तरीय शिक्षाका लागि सूचना प्रविधीको प्रयोग” विषयक वक्तृत्वकला प्रतियोगिता तानसेनमा भएको हो । प्रतियोगितामा जनता माध्यमिक विद्यालय तानसेनकी छात्रा संयुक्ता थापा प्रथम भएकी छन भने भैरव नवदिप माध्यमिक विद्यालय छहराकी छात्रा राशी पोखरेल द्वितिय र न्यू होराइर्जन बोडिङ्ग स्कुल तानसेनकी छात्रा रिया बस्याल तृत्तिय भएकी छन् । प्रतियोगितामा प्रथम भएकी थापाले नगद ५ हजार, द्धितिय भएकी पोखरेलले नगद ३ हजार र तृत्तिय भएकी बस्यालले नगद २ हजारसहित प्रमाणपत्र पाएका छन् । प्रतियोगितामा विजयी तथा सहभागीहरुलाई प्रेस चौतारी नेपाल पाल्पाका संस्थापक अध्यक्ष केशवराज नेपाल, केन्द्रीय सदस्य मिलन विश्वकर्मा, जिल्ला अध्यक्ष कृष्ण कार्की, निर्णायक मण्डलका संयोजक डा. शंकरप्रसाद गैरे, सदस्य सन्तोष खनाल लगायतले पुरस्कार प्रदान गरे । कार्यक्रममा प्रमुख अतिथि एवं प्रेस चौतारीका संस्थापक अध्यक्ष नेपालले प्रेस चौतारी पाल्पाले सधै रचनात्मक कार्यक्रम गर्दै आएको बताए । स्थापना दिवसका अवसरमा कहिले विद्यार्थीहरुलाई पाठ्य सामाग्रीहरु त कहिले पर्यटन प्रवर्द्धन गर्न रानीमहलमा बैठक, कहिले शिक्षासँग सम्बन्धित रहेर कार्यक्रम गर्दै आएको बताए ।

कार्यक्रममा केन्द्रिय सदस्य मिलन विकले चौतारीले सधै रचनात्मक कामहरु गर्दै आएकोमा र रजत जयन्तीको अवसरमा अहिलेको जल्दो बल्दो विषयमा कार्यक्रम गरेर विद्यालय, शिक्षक र विद्यार्थी तथा सरोकारवाला निकायमा जागरण ल्याउने गरी बहस सञ्चालन गरेको बताए । प्रदेश सचिव कृष्ण पोखरेलले चौतारीले पत्रकारिता भन्दा फरक विद्यामा विद्यार्थीहरुको सिर्जनशिलता बाहिर ल्याउन, उनीहरुलाई एक अर्काबिच प्रतिष्प्रर्धी बनाउन, विषयवस्तुमाथि खोज तथा अनुसन्धानमा दक्ष बनाउनको लागि वक्तृत्वकला प्रतियोगिता महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । जनता माध्यमिक विद्यालय तानसेनका प्रचार्य हरीप्रसाद घिमिरेले चौतारी शैक्षिक क्षेत्रमा देखाएको चासो प्रशंसनिय रहेको बताए ।

प्रतियोगिताका निर्णयक मण्डकका संयोजक डा.शंकर प्रसाद गैरेले प्रेस चौतारी पाल्पाले गरेको वक्तृत्वकला समय सान्दर्भिक शिर्षक छनोट उत्कृष्ट रहेको बताए । वक्तृत्वकलामा सहभागी विद्यार्थीहरुको राम्रा पक्ष तथा आगामी दिनमा सुधार गर्नुपर्ने कुराहरुको बारेमा डा. गैरेले जानकारी गराएका थिए । प्रेस चौतारीका जिल्ला अध्यक्ष कार्कीले शाखाको रजतजयन्ती फरक किसिमको कार्यक्रम गरेर मनाउन माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता गरेको बताए । शिक्षक विद्यार्थी, अभिभावकहरुबिच सम्बन्ध विस्तार गर्न, उनीहरुका गतिविधीहरु पनि चौतारीमार्फत सार्वजनिक गर्न, विद्यालय तथा विद्यार्थीहरुको क्षमता अभिबृद्धि गर्न प्रतियोगिता गरेको अध्यक्ष कार्कीले बताए । कार्यक्रममा प्रेस चौतारीका कार्यसमिती सदस्य एव प्रतियोगिताका संयोजक खुमबहादुर पौडेलले कार्यक्रमको बारेमा चर्चा गरेका थिए । शाखा अध्यक्ष कार्कीको अध्यक्षता, सचिव दयाराज न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update