Shittalpati
गुल्मीका कोरोना संक्रमित ८५ वर्षीय पुरुषको बुटवलमा मृत्यु

बुटवल । रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक संक्रमितको मृत्यु भएको छ । गुल्मीदरबार गाउँपालिका वडा नंं. ६ का ८५ वर्षीय व्यक्तिको उपचारकै क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका ति पुरुषको बुधबार विहान मृत्यु भएको जनाइएको छ । उनमा ज्वरो र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०७७  १४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update