Shittalpati
पाल्पामा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु

पाल्पा । पाल्पामा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ । लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचाररत रामपुर नगरपालिका ७ पाल्पाका ४४ वर्षीय पुरूषको मृत्यु भएको हो ।

कात्तिक ५ गते कोरोना पुष्टि भएका ति पुरुषलाई श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना भएका थिए । उनको उपचारको क्रममा सोमबार राति १ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । योसंगै पाल्पामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०७७  १४:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update