Shittalpati
गंगा, जमुना लघु चलचित्र प्रदर्शन
गंगा, जमुना लघु चलचित्र प्रदर्शन जिल्लाको रिब्दीकोट गाउँपालिकामा गंगा, जमुना लघु चलचित्र प्रदर्शन गरिएको छ । मोहन कन्या जागृती बाल क्लब द्वारा निर्मित म्याप नेपालको सहयोगमा बनेको बाल विवाह रोकथाम विषयक गंगा जमुना लघु चलचित्र एक कार्यक्रमका बिच गाउँपालिकाको कार्यालयमा प्रदर्शन गरिएको हो ।
चैत्र १७ देखि अर्गली–पाल्पा महोत्सव हुने
चैत्र १७ देखि अर्गली–पाल्पा महोत्सव हुने पाल्पा, गुल्मी र स्याङजाको संगमस्थल रुरु क्षेत्र धाम रिडीमा यही चैत्र १७ गतेदेखि अर्गली– पाल्पा महोत्सव हुने भएको छ । अर्गली जनचेतना युवा मञ्चको आयोजना र तानसेन नगरपालिका १४ को सहयोगमा चैत्र १७ गतेदेखि २७ गतेसम्म अर्गली–पाल्पा महोत्सव हुने भएको हो ।
होलीको हर्षोल्लास
होलीको हर्षोल्लास पाल्पाको बगनासकाली घर भएका मीना बस्याल, रेनुका न्यौपाने र गुल्मीकी शान्ति शाहीले यो वर्ष साथीभाइसँग जमघट भएर नै होली पर्व मनाए । तानसेनको भगवती टोल, शित्तलपाटी, मखनटोल, टुँडिखेल, बसपार्क, बसन्तपुर क्षेत्र वरिपरी नै भेला भएर उनीहरूले एकआपसमा रङ दलेर होलीलाई उल्लासमय बनाए ।
रेग्मीद्वारा लिखित ‘अमर पात्र’को तानसेनमा परिचर्चा
रेग्मीद्वारा लिखित ‘अमर पात्र’को तानसेनमा परिचर्चा पाल्पाली साहित्यकार तथा समीक्षक पुस्कर अथक रेग्मीद्वारा लिखित ‘अमर पात्र’ को तानसेनमा परिचर्चा गरिएको छ । शनिबार पाल्पा साहित्य समाजले साहित्यकार रेग्मीको ऐतिहासिक नाटक संग्रह ‘अमर पात्र’को एक औपचारिक कार्यक्रमका बिच परिचर्चा गराएको हो ।
रकम उठाएर शिवालय मन्दिर निर्माण
रकम उठाएर शिवालय मन्दिर निर्माण जिल्लाको मुसिकोटमा रकम उठाएर शिवालय मन्दिर निर्माण गरिएको छ । मुसिकोट नगरपालिका–२ पात्लाकोटमा रकम सहयोग जुटाएर गाउँमा शिवालय मन्दिरको निर्माण गरिएको हो ।
पाल्पामा छायाँकन भएको ‘परदेशी–२’  दशैंमा
पाल्पामा छायाँकन भएको ‘परदेशी–२’ दशैंमा बहुप्रतिक्षित नेपाली कथानक चलचित्र ‘परदेशी –२’ आउँदो दशैंमा प्रदर्शनमा आउने भएको छ । पाल्पाका विभिन्न स्थानमा छायाँकन गरिएको नारायण रायमाझी निर्देशित चलचित्र आगामी दशैंको अवसरमा प्रदर्शनमा आउने पक्का भएको हो ।
‘सरकार ! के गरेर खाम ’
‘सरकार ! के गरेर खाम ’ शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण झिक्न गएका युवा र बैंकका कर्मचारीबीचको संवादबाट उठान भएको गीत ‘सरकार ! के गरेर खाम’ को पहिलो तुक्का हो, यो । बैंकले ऋण नपत्याएपछि ती बेरोजगार युवा सरकारसामु प्रश्न गर्छन् ।
पौराणिक अस्तित्व बचाइ राख्न सम्पदाको संरक्षण गरिदैं
पौराणिक अस्तित्व बचाइ राख्न सम्पदाको संरक्षण गरिदैं पछिल्लो समय पूराना धार्मिक सम्पदा मास्ने क्रम बढिरहेको छ । आधुनिक खालका भवन धमाधम बन्दै छन् । ऐतिहासिक महत्व बोकेका धार्मिक सम्पदाको संरक्षण नहुँदा लोप हुने अवस्था छ ।
महाशिवरात्रि पर्व र यसको महत्व
महाशिवरात्रि पर्व र यसको महत्व हिन्दु धर्मालम्वीहरुको लागि विभिन्न चाडपर्वमध्ये महाशिवरात्रि पर्व एक महान पर्व हो ।
आज देशभर महाशिवरात्रि पर्व मनाइँदै
आज देशभर महाशिवरात्रि पर्व मनाइँदै प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरुले आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गरी यो पर्व मनाउँदै छन् ।
पाल्पामा पनि हर्सोल्लासका साथ मगर दिवस मनाइयो
पाल्पामा पनि हर्सोल्लासका साथ मगर दिवस मनाइयो पाल्पा लगायत देशभर मगर समुदायले आइतबार हर्साेल्लासका साथ ४० औं राष्ट्रिय मगर एकता दिवस मनाएका छन् । उनीहरूले विभिन्न मगरको भेषभूषा, संस्कृतिलाई पहिचानको रूपमा झल्काउँदै दिवस उल्लासमय बनाएका हुन् ।
मगर बाहुल्यता रहेको पाल्पामा मनाइँदै मगर दिवस
मगर बाहुल्यता रहेको पाल्पामा मनाइँदै मगर दिवस मगर समुदायको बाहुल्यता रहेको पाल्पामा आज ४० औं राष्ट्रिय मगर एकता दिवस मनाउन लागिएको छ । मगर जातिको पहिचान, भाषा संस्कृतिको संरक्षण र एकताका लागि जुट्दै आएका संघ–संस्थाहरुले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागेका हुन् ।
Weather Update