Shittalpati
डा. पन्थको ‘साहित्येतिहास र अन्य समालोचना’ कृति विमोचन

कृष्ण पोखरेल
पाल्पा,साहित्यकार डा. टंक प्रसाद पन्थको कृति पाल्पाको साहित्येतिहास र अन्य समालोचना लोकपर्ण भएको छ । कृतिको शनिबार जिल्ला समन्वय समिति पाल्पामा प्रमुख टंकनाथ खनालले लोकापर्ण गरेका हुन् ।

कृतिको लोकापर्ण गर्दै समन्वय समितिका प्रमुख खनालले पाल्पाको साहित्य गतिविधी अगाडि बढाउने काममा कृतिकार पन्थको ठूलो योगदान रहेको बताए । पन्थले निरन्तर रुपमा हरेक कार्यक्रममा साहित्यिक गतिविधी प्रस्तुत गरेर पाल्पाको साहित्यलाई माथि उठाउने काम गर्दै आएको समन्वय समितिका प्रमुख खनालले बताए । कृतिले पाल्पाको साहित्यबारे जानकारी लिन, सोध खोज अनुसन्धान गर्न ठूलो सहयोग पुगेको उनले बताए । कृति विमोचन कार्यक्रममा त्रिभुवन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख टंक प्रसाद भट्टराईले कृतिले पाल्पाको साहित्यमा नयाँ ईट्टा थपेको बताए । पन्थ जस्ता साहित्यकारका कारण पछिल्लो समयमा नयाँ–नयाँ पुस्ताहरु पनि साहित्यिक गतिविधीतर्फ आकर्षण भएको क्याम्पस प्रमुख भट्टराईले बताए । कृतिमा साहित्यमा लाग्ने सबैको लागि एकपटक पढ्नै पर्ने विषयबस्तुहरु रहेकाले नछुटाउन क्याम्पस प्रमुख भट्टराईले सबैलाई अनुरोध गरे ।
पुस्तकमा ११ वटा लेखहरु रहेका छन्। पहिलो लेखमा पाल्पाको साहित्य र अन्य १० लेखमा देशका चर्चित साहित्यकारहरुको समालोचना रहेको कृतिकार डा. पन्थले बताए । कृतिको मूल्य ४ सय रुपैयाँ रहेको छ ।

साहित्यकार एव उपप्रध्यापक डा. शंकर गैरेले कृतिको चिरफार गर्दै समग्रमा साहित्यकार पन्थको कृति सबैका लागि प्रेरणाको श्रोत रहेको बताए । कृति प्रकाशनको क्रममा भएका कमिकमजोरीहरुलाई आगमी कृतिहरुमा सच्चाउदै जानुपर्ने डा.गैरेले बताए । कार्यक्रममा साहित्यकारहरु ईन्दिरा ज्ञवाली, फणिन्द्र बस्याल, हरि भट्टराई, उपप्राध्यापक भेषराज सुवेदी, पुर्व क्याम्पस प्रमुख जीवन बहादुर थापा, अधिवक्ता लोकनाथ पन्थ, शिक्षाविद बुद्धि प्रसाद शर्मा लगायतले लेखक पन्तलाई बधाई तथा शुभकामना दिदै कृतिले नेपाली साहित्यमा बेग्लै प्रस्तुति दिएको बताए ।

कृतिको प्रकाशन धवल पुस्तकालय पाल्पाले गरेको छ । पुस्तकालयका अध्यक्ष युवराज पौडेलेको अध्यक्षता, कोषाध्यक्ष सन्तोष खनालको स्वागत, महासचिव राजेश कुमार अर्यालयको सञ्चालनमा कृति लोकापर्ण भएको हो । साहित्यकार पन्थका यस अघि ३ वटा कविता संग्रह समय स्पर्श, समय स्पोट र समय र प्रश्न समालोचना विश्वेश्वर प्रसाद कोईराला कृति र प्रवृत्ति प्रकाशित भएका छन् ।

प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  ०७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update