Shittalpati
आज विश्व सुलेखन दिवस मनाइँदै

पाल्पा, अक्षरलाई सुन्दर, आकर्षक र कलात्मक ढंगले प्रस्तुत गर्ने कला सुलेखन (क्यालिग्राफी) को महत्व उजागर गर्दै आज विश्व सुलेखन दिवस मनाइँदै छ । सन् २०१७ देखि विश्व सुलेखन दिवस मनाउन थालिएको हो ।

काठमाडौं लगायत विभिन्न ठाउँहरुमा क्यालीग्राफरहरुको सम्मान र अक्षर लेखन गरी मनाइँने गरिएको हो । नेपालमा धेरै क्यालीग्राफरहरु छन्, जस्तै रञ्जना या देवनागिरि लिपि या अन्य कला  लिपीको किन नहोस्  । ब्रस या पेनले राम्रा अक्षरहरू लेख्ने कलालाई नै क्यालीग्राफी भनिन्छ र यस्ता क्यालीग्राफीहरुको डिजिटल फन्टहरूको सिर्जनामा ठुलो योगदान रहन्छ । क्यालीग्राफीमा अक्षरहरुमात्र नभई विभिन्न चिÞनहरू पनि बनाइन्छ । ति डिजाइनहरू र अक्षरहरू हेर्नको लागि मात्र एकदम सुन्दर नभईकन तिनीहरूले हाम्रो जीवनलाई नै नयाँ अर्थ दिने गरेका छन् । इतिहासका पानाहरू उक्काएर हेर्दा राम्रा र विशेष अक्षरहरू देवताको भाषा र ऊर्जाको माध्यमका रूपमा लिने गरिएको पाइन्छ । चीन, जापान र कोरियाजस्ता देशहरूमा त आज पनि क्यालीग्राफीलाई सुप्रिम कलाको रूपमा लिइन्छ ।

सुलेखन केवल अक्षर लेख्ने सीप मात्र नभई लेखाइलाई कला, सिर्जना र अभिव्यक्तिसँग जोड्ने माध्यमका रूपमा लिइन्छ । अक्षरको आकार, रेखाको मोटाइ, शब्दबीचको दूरी, लेखाइको गति तथा कलात्मक प्रस्तुतिले सुलेखनलाई आकर्षक बनाउँछ । डिजिटल प्रविधिको तीव्र विकाससँगै मोबाइल, कम्प्युटर र कृत्रिम बौद्धिकताको प्रयोग बढिरहेका बेला हातले लेख्ने संस्कृतिको महत्व सम्झाउने अवसरका रूपमा पनि यो दिवसलाई लिइन्छ । सुन्दर हस्तलेखनले व्यक्तिको सिर्जनशीलता, धैर्य र कलात्मक क्षमतालाई अभिव्यक्त गर्ने भएकाले बालबालिका तथा युवामाझ यसको अभ्यास बढाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिँदै आएका छन् । विश्वका विभिन्न स्थानमा सुलेखनसम्बन्धी प्रदर्शनी, कार्यशाला, प्रतियोगिता तथा हस्तलेखन अभ्यासजस्ता गतिविधि आयोजना गरी दिवस मनाउने गरिन्छ ।

नयाँ पुस्तालाई परम्परागत लेखनकलासँग जोड्नुका साथै लोप हुँदै गएको हस्तलेखन संस्कृतिको संरक्षणमा समेत यस्ता गतिविधिले योगदान पु¥याउने विश्वास गरिएको छ । नेपालमा पनि नेपाली अक्षर तथा विभिन्न लिपिको सुन्दर लेखनलाई प्रवद्र्धन गर्न सुलेखनको अभ्यास हुँदै आएको छ । विशेषगरी देवनागरी अक्षरलाई कलात्मक रूपमा लेख्ने अभ्यासले नेपाली भाषा, साहित्य र संस्कृतिसँग समेत सुलेखनलाई जोडेको छ । मोबाइलको स्क्रिनमा टाइप गरिने अक्षरको बढ्दो प्रयोगबीच आफ्नै हातले अक्षर कोर्ने, शब्द सजाउने र लेखाइमा सिर्जनशीलता भर्ने अवसरका रूपमा विश्व सुलेखन दिवसले हस्तलेखनको सौन्दर्यलाई पुनः सम्झाएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update