विश्व शान्ति दिवसको सन्दर्भ
आइतबार, असोज ५, २०८२
तोकिएकै मितिमा निर्वाचन गर
शनिबार, असोज ४, २०८२
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने गरी मिति तय गरेको छ । जेन—जी आन्दोलनको बलमा नेपाली काँग्रेस र एमालेको शक्तिशालि सरकार ढलेपछि अन्तरिम सरकार गठन हुन पुगेको हो । यो सरकारले ६ महिनाभित्र निर्वाचन गराउने म्याण्डेट पाएको छ ।
संविधान दिवस र हाम्रो साझा जिम्मेवारी
शुक्रबार, असोज ३, २०८२
आज संविधान दिवस,नेपालको संविधान २०७२ निर्माणको क्रममा सात दशक लामो संघर्ष र बलिदानको महत्वपुर्ण दस्तावेजयुक्त प्रतिफल हो । यसको रक्षाका लागि सबै पक्षएकजुट भएर लाग्नुपर्ने हुन्छ ।
विश्वकर्मा पूजाको आध्यात्मिक महत्व
बिहीबार, असोज २, २०८२
फलामजन्य औजारहरुको पूजाआज गरी बुधबार विश्वकर्मा पूजा गरिएको छ । आश्विन महिनाको कृष्णपक्षको संक्रान्ति तिथिमा पर्ने यो पर्व हरेक वर्ष असोज १ गते विश्वकर्मा बाबाको पूजा गरी मनाउने गरिन्छ । हरेक चाड–पर्वको आ–आफ्नै महत्व र विशेषता भए जस्तै यसको पनि आफ्नै सांस्कृतिक, सामाजिक र आध्यात्मिक महत्व रहेको छ ।
विज्ञान दिवसको सान्दर्भिकता र सन्देश
बुधबार, असोज १, २०८२
आज राष्ट्रिय विज्ञान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा हरेक वर्ष असोज १ गतेलाई राष्ट्रिय विज्ञान तथा प्रविधि दिवसको रूपमा मनाउने गरिन्छ । नेपालमा पहिलो पटक २०७० असोज १ गते विज्ञान दिवस मनाइएको थियो ।
ओजोन तह संरक्षणमा ध्यान देऊ
मंगलबार, भदौ ३१, २०८२
पृथ्वीको वातावरणीय तहमाथि करिब १५ देखि ३० किमीमाथि रहेको ओजोन एउटा रक्षात्मक कवच हो । जसले सूर्यका हानिकारक किरणलाई पृथ्वीमा सिधै छिर्नबाट रोक्छ ।
अर्थतन्त्रलाई गहिरो संकटमा जानबाट जोगाऔँ
सोमबार, भदौ ३०, २०८२
कोभिड महामारीका कारण लामो समय प्रभावित बनेको मुलुकको अर्थतन्त्र उठ्नै लागेको बेला पुनः कमजोर बन्न पुगेको छ । जेनजी आन्दोलनका क्रममा भएको आगजनी, लुटपाट, तोडफोडजस्ता घटनाले नेपालको अर्थतन्त्रमा गहिरो असर पर्न गएको छ । राज्यको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, संसद् र सर्वाेच्च न्यायालय सहितका भौतिक, अभौतिक सबै सम्पत्ति नष्ट भएको...
बालबालिकाको अवस्था र बालदिवस
आइतबार, भदौ २९, २०८२
हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बालदिवस मनाउने गरिन्छ । आज पनि विविध कार्यक्रमहरुको आयोजना गरी दिवस मनाउन लागिएको छ । सन् १९९०, १४ सेप्टेम्बरमा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको विशेष दिनका रुपमा यो दिवस मनाउने गरिएको हो ।
प्राथमिक उपचार दिवसको सार्थकता
शनिबार, भदौ २८, २०८२
प्राथमिक उपचार दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्राथमिक उपचारको महत्वका विषयमा समुदायमा चेतना अभिवृद्धि गर्ने र प्राथमिक उपचार गर्ने स्वयंसेवकहरूलाई सम्मान गरी उत्प्रेरणा बढाउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर महिनाको दोस्रो शनिबार विश्व प्राथमिक उपचार दिवस मनाउने गरिन्छ ।
मुलुकलाई सहज निकास देऊ
शुक्रबार, भदौ २७, २०८२
जेनजीको आन्दोलन पश्चात उत्पन्न परिस्थितिप्रतिले यति बेला आमनागरिकलाई चिन्तित बनाएको छ । प्रदर्शनका क्रममा ३४ जना भन्दा बढीको ज्यान गइसकेको छ धेरै बालबालिका र सुरक्षाकर्मी घाइते भएका छन् ।
सबै मिलेर आत्महत्या रोकथाम गरौं
बिहीबार, भदौ २६, २०८२
नेपालमा आत्महत्या गर्नेहरू दिनहुँ बढिरहेका छन् । मानसिक तनाव तथा पीडा थेग्न नसकी बाँच्नुभन्दा मर्न सजिलो ठानेर मानिसले आत्महत्या गर्छन् । तर यस किसिमको पीडा नहुँदा पनि मानिसले रिसको आवेगमा आत्महत्या गरेको पनि पाइन्छ । आत्महत्याका घटना बढ्दो क्रममा रहे पनि रोकथाम तथा न्यूनीकरणका लागि प्रभावकारी काम हुन सकेको देखिएको...


