Shittalpati
अव सबै गम्भीर बनौं

अझै पनि देशले निकास पाउँने आशा अत्यान्त्यै न्यून रहेको अनुभूति हुदै गएको छ । देशले निकास पाउँने आशा र भरोशामा बसेका नेपालीहरु झन भन्दा झन समस्याबाट ग्रस्त हुने त्रास झनै बढे पछि आर्थिक, सामाजिक क्षेत्र थला परेको अनुभूति हुदै छ । जेन–जी आन्दोलन पछि गुप्तबास भएका कतिपय नेताहरु सार्वजनिक छन् । बिभिन्न निकायबाट सेवाप्रवाह र यहाँ सम्म कि स्थानीय निकायहरु समेत के गर्दा कसो हुने हो, कहिले कहाँबाट कस्तो किसिमको आन्दोलन हुने हो ? भन्ने जिज्ञासाबाट मुक्त छैनन् । लगानीकर्ताहरु लगानीका लागि तत्पर देखिदैनन् । शैक्षिक क्षेत्रमा यसको नकारात्मक प्रभाव निकै परेको छ । विद्यार्थीहरु अध्यायनमा भन्दा आन्दोलनको मुख ताकेर अब के हुन्छ, त्यही गर्ने भन्ने मनस्थितिमा छन् । विश्व विद्यालयहरु आ–आफ्ना अस्तित्वको खाजी संगै भौतिक सम्पत्तिको खोजीमा जुटेका छन् । कार्की सरकारले नयाँ सपना बोकेर जनताका आधारभूत आवश्यकतालाई पुरागर्छु भने पनि कुनै पनि प्रगति देखिएका छैनन् । निराशाका बादलहरु दिनहुं प्रतिस्पर्धात्मक शैलीमा कुदीरहेको आभास भएका छन् ।

दलहरु अन्यौलताको शिकार भएका बेला संसदको निर्वाचन हुने तिथि तय भएर पनि निर्वाचन हुने संकेत देखिदैन् । निर्वाचनमा सहभागि हुनुपर्ने पुराना दलहरु स्वयंमा घाईते भएका छन् । अब उनीहरु निर्वाचन स्वीकार गर्न सक्छन् या सक्दैनन् यसै भनि हाल्ने अवस्था देखिदैन । उत्पादन र आर्थिक क्षेत्र दिन प्रतिदिन थला परिरहेको आभास भएको छ । यस्तो अवस्थामा निर्वाचन कसका लागि अनि, त्यसको परिणामले कसरी सार्थकता पाउँला भन्ने आँकलन गर्ने अवस्था छैन । यी सबै समस्याहरु हामी नेपालीहरुले श्रृजना गरेका हुन, त्यस कारण समाधानका उपायहरु पनि हामी बीच बाटै खोजिनुपर्ने हुन्छ । अन्यथा हामीले खाली कुरा र योजना बुनेर मात्र हुदैन् । योजनाहरु कार्यान्वयन र गरीवीको रेखामुनि रेहेका आम नेपाली जनताका पक्षमा एक भएर नउभिदा सम्म यो देश बन्दैन् । जुन दिन सबै नेपालीहरु देश र आफ्ना मातृत्वको भावनामा एकताको सन्देश लिएर अगाडी आउँछन्, त्यही दिन देखि देशले कोल्टे फेर्ने छ । अन्यथा खाली आरोप र प्रत्यारोपमा मात्रै यो पुस्ताले समय खर्चियो भने, नयाँ पुस्ताका लागि कस्तो मुलुक हस्तान्तरण हुन्छ भन्ने कुरामा सबैले ध्यान दिनुको विकल्प छैन ।

प्रकाशित मिति: शनिबार, असोज २५, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update