
नियमित रुपमा अहिले मुलुकका विभिन्न शहरहरुमा असामाजिक क्रियाकलापहरु बढी नै रहेका छन् । यस्तै समस्याहरु बीच मुलुक आफैमा अत्यान्त्यै विरामी जस्तै भएको पाईन्छ । युवाहरु धेरै जसो नकारात्मक सोंचबाट ग्रसित छन् । वयस्क अनि जेष्ठनागरिक आफैमा अन्यौलताका शिकार भएको देखिन्छ । देशले राजनैतिक निकासका लागि विभिन्न अययवहरु पहिल्याउँन खोजे जस्तो देखिन्छ तर पाएको छैन् । महिला र पुरुषहरु बीचका सहअस्तित्वहरु कमजोर जस्तै भएका छन् । समस्याहरुको पहिचानका लागि गरिने प्रयासहरु सबै असफल जस्तै देखिन्छन् ।
बिकासका कुरा गर्नेहरु अहिले बिकास भन्ने शव्द विस्मृितको आँचलबाट चिहाईरहेको भानहुन्छ । जेनजीको नामबाट डरत्रास र भयका अवस्थाहरु मौलाई रहेका छन् । यी र यस्तै यस्तै समस्याहरुको समाधानका लागि नयाँ सरकारले गर्नेकामहरु पनि विश्वासिला देखिदैनन् । अविश्वासको वातावरणका बीच जनताका हरेक आवश्यकताहरु मनै मनका कुनामा अलमल गरेको आभास भई रहेको छ । यस्तो अवस्थाबाट निकास पाउँने कुन तरिका हो ? भन्ने कुराको खोजी गर्ने तर्फ कसैको पनि ध्यान जान सकेको छैन । परिस्थिति अत्यान्त्यै गम्भीर मोडबाट अगाडी बढी रहदा पनि पुरानै आरोप प्रत्यारोपबाट सरकारको कछुवा गतिलाई वदलेर छिटो छरितो गर्ने भन्ने बिषयले कुनै पनि समयमा प्रमुखता पाएका छैनन् । जेनजीको आन्दोलनबाट प्राप्त परिणामको रक्षा गर्ने कसले, यसको दायित्व र शासन व्यवस्थाको स्थायित्वका लागि भावी रणनीति कसरी निर्माण गर्नुपर्छ भन्ने तर्फ ध्यान नजानु आफैमा ठुलो समस्या हो । स्थानीय, प्रदेश र हालको कार्की सरकारको कार्ययोजनाहरु कुनै पनि अवस्थामा कार्यान्वयन गर्ने वाचा र वन्धनहरु वडादशै पछिका रात र दिन केवल सोंच गर्ने वाहेक व्यावहारिक रुपमा कार्यान्वयन गर्ने तर्फ आशामा फैलावट नुहुन आफैमा हामी सबैको कमजोरी हो । यसको समाधानका लागि एक जुट भएर नेपाली र नेपालका समस्याको दीगो रुपमा समाधान खोज्ने बाहेक अर्को विकल्प अहिलेलाई देखिदैन ।