Shittalpati
नेपाल  पत्रकार महासंघ पाल्पाले गर्यो पूर्व अध्यक्षहरुलाई सम्मान

पाल्पा, नेपाल पत्रकार महासंघ  पाल्पा शाखाले पूर्व अध्यक्षहरुलाई सम्मान गरेको छ । महासंघले शनिबार तानसेनमा आयोजना गरेको साधारण सभामा योगदानको कदर गर्दै ६ जना पूर्व अध्यक्षहरुलाई सम्मान गरेको हो ।

  महासंघले शाखाका संस्थापक अध्यक्ष  मेघराज शर्मा, गोविन्द भट्टराई, झपेन्द्र गहिरे, भगवान भण्डारी, राजेश कुमार अर्याल र रेखीराम रानालाई सम्मान गरेको हो । उनीहरुलाई सम्मान पत्र र दोसल्लाले लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारु, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेल, शाखाका अध्यक्ष कमलराज तिमिल्सेनाले सम्मान गरेका थिए ।

लोकतान्त्रिक मूल्य, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, नागरिक अधिकार तथा सत्य तथ्यमा आधारित उत्तरदायी पत्रकारिताको संरक्षण र प्रवद्र्धनका निम्ति निरन्तर प्रतिबद्ध रहँदै पत्रकारिता क्षेत्रको गरिमा उन्नयनमा विशिष्ट योगदान पुर्‍याउनुकोे साथै पत्रकारहरूको पेशागत सुरक्षा, हकहित, क्षमता अभिवृद्धि तथा व्यावसायिक मर्यादाको सुदृढीकरणमा दूरदर्शी नेतृत्व प्रदान गर्दै स्थानीय सञ्चार माध्यमहरूको संस्थागत सवलीकरण, समावेशी तथा न्यायोचित विज्ञापन वितरण प्रणालीको पक्षमा सशक्त पैरवी गर्नु गरी नेपाल पत्रकार महासंघ पाल्पा शाखाको संस्थागत विकास, एकता, प्रतिष्ठा र प्रभाव विस्तारमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै महासंघले उनीहरुलाई सम्मान गरेको जनाएको छ ।

 

प्रकाशित मिति: शनिबार, जेठ ९, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update