Shittalpati
पाल्पा साहित्य समाजद्वारा प्रतिभा सम्मानसँगै कृति लोकार्पण
पाल्पा साहित्य समाजद्वारा प्रतिभा सम्मानसँगै कृति लोकार्पण जिल्लाको साहित्य क्षेत्रमा क्रियाशिल हुँदै आएको पाल्पा साहित्य समाजले प्रतिभा सम्मानसँगै कृति लोकार्पण गरेको छ । समाजले शनिबार स्थापनाको २८ औँ वार्षिक दिवस, १७३ औँ छविलाल नेपाल जन्मजयन्ती तथा १२० औँ माधवप्रसाद देवकोटा जन्मजयन्तीका अवसरमा प्रतिभा सम्मानसँगै कृति लोकार्पण गरेको हो ।
मुख्यमन्त्रीको सहज बाटोमा राना
मुख्यमन्त्रीको सहज बाटोमा राना नेपाली काँग्रेस पाल्पाका निवर्तमान सभापति तथा लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वीरबहादुर राना उम्मेदवारी दिनुपूर्व पाल्पा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि सिफारिस भएका थिए । रानाले आफ्नो चुनावी तयारीलाई सोहीअनुरुप अगाडि बढाउँदै थिए । अचानक सत्ता गठबन्धनबाट नेकपा एकिकृत समाजवादीको भागमा क्षेत्र नं. २ को...
पत्रकार नेपाल ‘कम्मिट टु वर्क’ अवार्डबाट सम्मानित
पत्रकार नेपाल ‘कम्मिट टु वर्क’ अवार्डबाट सम्मानित पाल्पाका क्रियाशिल पत्रकार प्रकाश नेपाल ‘कम्मिट टु वक्र्क’ अवार्डबाट सम्मानित भएका छन् । नेपाललाई बागमती टेलिभिजन नेटवर्क प्रालिले उक्त अवार्डबाट सम्मान गरेको हो । पाल्पा संवाददाताको रुपमा रहेर टेलिभिजनलाई पुर्‍याएको योगदानको कदर गर्दै टेलिभिजनले नेपाललाई वेस्ट कमिनमेन्टका रुपमा सम्मान गरेको छ ।
मजदुर कोठामा मृत भेटिए
मजदुर कोठामा मृत भेटिए काठमाडौँमा काम गर्दै आएका एक मजदुर आफ्नै कोठामा मृत फेला परेका छन् । काठमाडौँ महानगरपालिका–२६ केशरमहलस्थित केशर पुस्तकालय भवनमा ज्यामी काम गर्ने मकवानपुरका ४५ वर्षे गोविन्द परियार आफू सुत्ने कोठामा मृत अवस्थामा फेला परेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
स्याङ्जा–२ को मतगणना अनिश्चित, आयोगको निर्णय पर्खिंदै
स्याङ्जा–२ को मतगणना अनिश्चित, आयोगको निर्णय पर्खिंदै मङ्सिर ४ गते निर्वाचन सम्पन्न भए पनि आजसम्म स्याङ्जा क्षेत्र नं २ को मतगणना हुन सकिरहेको छैन । वालिङस्थित निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बसे पनि दलहरुबीच सहमति जुट्नाको साटो आ–आफ्नै अडानमा रहेकाले मतगणना सुरु हुन नसकेको हो ।
पश्चिम पाल्पाको न्वागी, जहाँ देवीलाई चढाएर मात्र धान उपभोग गरिन्छ
पश्चिम पाल्पाको न्वागी, जहाँ देवीलाई चढाएर मात्र धान उपभोग गरिन्छ प्रायःनयाँ धान घरमा भिर्याएपछि पहिले हामीले नयाँ चामलको भात खान्छौं । तर पश्चिम पाल्पामा भने नयाँ धान भिर्याएपछि पहिले देवीलाई चढाएर मात्र उपभोग गर्ने प्रचलन रहेको छ । यहाँको प्रशिद्ध मन्दिर रैनादेवी मन्दिरमा नयाँ धान उत्पादन गरेपछि भगवतीलाई चढाएर पछि मात्रै खाने गरिन्छ ।
देशभरका शिवालयमा छरियो शतबीज
देशभरका शिवालयमा छरियो शतबीज देशभरका शिवालयमा शतबीज छरिएको छ । मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन मंगलबार दिवंगत पितृको सद्गतिको कामना गर्दै शिवालयमा शतबीज छरिएको हो । त्रयोदशीको रातभर भक्तजनले शिवालय एवं घर–घरमा समेत दिवंगत पितृको नाममा महादीपदान गरेका थिए । विशेष गरी काठमाडौंको पशुपति क्षेत्रमा भक्तजनहरुको भीड लागेको थियो ।
पाल्पामा स्थानीय तह भन्दा ८ प्रतिशत मत कम खस्यो
पाल्पामा स्थानीय तह भन्दा ८ प्रतिशत मत कम खस्यो पाल्पामा स्थानीय तहभन्दा कम मत खसेको छ । आइतबार सम्पन्न प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा जिल्लाभर ६० दशमलव ९४ प्रतिशत मत खसेको छ । जिल्लामा २ लाख १ हजार ३ सय २६ मतदात रहेकोमा १ लाख २२ हजार ६ सय ९४ मत खसेको हो ।
पाल्पा क्षेत्र नं. २ को मत गणना सुुरु
पाल्पा क्षेत्र नं. २ को मत गणना सुुरु पाल्पा निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । करिव ४ बजेतिर यस क्षेत्रको मतगणना सुरु भएको मत गणनास्थलबाट हाम्रा संवाददाता कृष्ण पोखरेलले बताए ।
गर्भवतीको हेलिकप्टरबाट उद्धार
गर्भवतीको हेलिकप्टरबाट उद्धार कालीकोटमा सुत्केरी हुन नसकेकी गर्भवतीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्लाको महाबै गाउँपालिका–५ का रवीन्द्र भट्टराईकी श्रीमती पुष्पा भट्टराईको हेलिकप्टरबाट उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको हो ।
दुर्घटनामा पत्रकार कँडेलको मृत्यु
दुर्घटनामा पत्रकार कँडेलको मृत्यु मोटरसाइकल दुर्घटनामा रुपन्देहीका ३५ वर्षीय पत्रकार एनबी (नरबहादुर) कँडेलको निधन भएको छ । बुटवलबाट भैरहवातर्फ जाँदै गर्दा शुक्रबार साँझ तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा लु १ क ५२७६ नंको रेडिमिक्स (सिमेन्ट घोल्ने सवारी)ले कँडेल सवार लु ४४ प ८२०१ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो ।
निर्वाचन सामग्रीसहित पाल्पाका मतदान केन्द्रमा खटिए कर्मचारी
निर्वाचन सामग्रीसहित पाल्पाका मतदान केन्द्रमा खटिए कर्मचारी आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाल्पामा कर्मचारी र सुरक्षाकर्मीहरू मतदान केन्द्र हिँडेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार आवश्यक सामग्रीसहित बिहीबार सबैजसो केन्द्रमा कर्मचारीहरू पुगेका हुन् ।
Weather Update