Shittalpati
तानसेनमा वडास्तरीय क्रिकेट प्रतियोगिता सुरु

पाल्पा,जिल्लाको तानसेनस्थित टुँडिखेल मैदानमा वडास्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । राष्ट्रका लागि खेलकूद, स्वास्थ्यका लागि खेलकूद भन्ने नाराका साथ सोमबारदेखि तानसेनमा वडास्तरीय प्रतियोगिता सञ्चालन भएको हो । 

तानसेन नगरपालिका– ४ वडा कार्यालको आयोजनामा भएको प्रतियोगिताको पहिलो दिन २ खेल भएका छन् । जसमा तानसेन नगरपालिका वडा नं ६ र वडा न. १ विजयी भएको वडा नं. ६ का वडा अध्यक्ष सागरमान महर्जनले जानकारी दिए । उनका अनुसार पहिलो खेलमा वडा नं. ६ र वडा नं. ११ बिच  प्रतिस्पर्धा भएको थियो । जहाँ जडा नं. ६ ले वडा नं. ११ लाई हराएको हो । दोस्रो खेलमा  वडा नं. १ र वडा नं ९ बिच खेल भएको थियो । जसमा  वडा नं. १ ले ९ लाई हराएको छ ।   
 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update