Shittalpati
पत्रकार नेपाल ‘कम्मिट टु वर्क’ अवार्डबाट सम्मानित

पाल्पा, पाल्पाका क्रियाशिल पत्रकार प्रकाश नेपाल ‘कम्मिट टु वक्र्क’ अवार्डबाट सम्मानित भएका छन् । नेपाललाई बागमती टेलिभिजन नेटवर्क प्रालिले उक्त अवार्डबाट सम्मान गरेको हो । पाल्पा संवाददाताको रुपमा रहेर टेलिभिजनलाई पुर्‍याएको योगदानको कदर गर्दै टेलिभिजनले नेपाललाई वेस्ट कमिनमेन्टका रुपमा सम्मान गरेको छ ।

टेलिभिजनले प्रसारण यात्राको एक वर्ष पुरा गरेको अवसरमा पत्रकार नेपाल सहित उत्कृष्ट ५ जना पत्रकारलाई सम्मान गरेको हो । राष्ट्र, राष्ट्रियता, सभ्यता र संस्कृतिको संरक्षण गर्दै आएको टेलिभिजनले पत्रकारहरुको भूमिकालाई सम्मान गरेको प्रालिका अध्यक्ष सुर्दशन खरेलले बताए । उनले टेलिभिजनको क्षेत्रमा अग्रस्थान हासिल गर्न टेलिभिजनकर्मीहरुको ठूलो भूमिका रहेको भन्दै आगामी दिनमा पनि उनीहरुको मनोवललाई उच्च बनाउने गरी काम गर्ने बताए ।

टेलिभिजनले आफ्नो कामको उच्च मूल्याड्ढन गरेको सम्मानित नेपालले बताए । उनले आगामी दिनमा अझ सशक्त भएर काम गर्न सम्मानले थप टेवा पुगेको बताए । नवजनचेता राष्ट्रिय दैनिकका नियमित स्तम्भकार समेत रहेका पत्रकार नेपाल स्थानीय, राष्ट्रिय मिडियाहरुमा समेत आवद्ध छन् । उनी बुटवल टुडेका उपसम्पादक समेत हुुन् । २ दशक लामो पत्रकारिता गर्दै आएका नेपाल विशेष गरी समसामयिक, राजनीतिक, आर्थिक र अनियमितताका विषयमा खरो रुपमा कलम चलाउदै आएका छन् । नेपाल प्रेस युनियन पाल्पाका पूर्व सभापति समेत रहेका नेपाल विभिन्न विधाबाट पुरस्कृत समेत भइसकेका छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ११:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update