Shittalpati
गुल्मीमा जलेर घाइते भएकाको अवस्था बुझ्न काँग्रेस नेता भट्टराई अस्पताल

पाल्पा, गत शनिबार गुल्मीको इस्मा गाउँपालिका–१ र २ मा आगलागीमा परी जलेर घाइते भएकाहरुको स्वास्थ्य अवस्था बुझ्न नेपाली काँग्रेस गुल्मीका सचिव एवं युवा नेता जगदीश भट्टराई अस्पताल पुगेका छन् । घाइते भई तानसेनस्थित युनाईटेड मिसन अस्पतालमा उपचाररत इस्मा गाउँपालिका–१ का १९ वर्षीय हिमाल राना र मुसिकोट नगरपालिका–७ का २१ वर्षीय प्रेम रानाको अवस्था बुझ्न भट्टराई सोमबार अस्पताल पुगेका हुन् ।

जहाँ विपद् त्यहाँ काँग्रेस भन्ने अभियान सहित राजनीतिमा सक्रिय  युवा नेता भट्टराईले घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै पनि कमी हुन नदिन अस्पताललाई आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update