Shittalpati
कालीगण्डकी पुलको कामले छ वर्षपछि गति लियो
कालीगण्डकी पुलको कामले छ वर्षपछि गति लियो जिल्लाको जैमिनी नगरपालिका–१ कुश्मीशेरा र पर्वतको फलेवास जोड्ने कालीगण्डकी नदीमा निर्माणाधीन पक्की पुलको कामले गति लिएको छ । दुई जिल्ला जोड्ने गरी निर्माण थालिएको पुलको कामले ६ वर्षपछि गति लिएको हो ।
निर्वाचन आचारसंहिता आजदेखि निष्कृय
निर्वाचन आचारसंहिता आजदेखि निष्कृय प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगबाट जारी निर्वाचन आचारसंहिता, २०७९ आजदेखि निष्कृय भएको छ । यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनका लागि जारी आचारसंहिता आजदेखि लागू नरहने निर्णय भएको निर्वाचन आयोगले जनाएको छ ।
पाल्पाको रिब्दीकोटमा आगो ताप्ने क्रममा जलेर  वृद्धको मृत्यु
पाल्पाको रिब्दीकोटमा आगो ताप्ने क्रममा जलेर वृद्धको मृत्यु जिल्लाको रिब्दीकोट गाउँपालिका –१ जोरपोखरीकोटखेरामा आगो ताप्ने क्रममा जलेर एक वृद्धको मृत्यु भएको छ । आज विहान आफ्नै घरको अगेनामा आगो ताप्ने क्रममा जलेर जोरपोखरीकोटखेराका ७५ वर्षीय खिमबहादुर विकको मृत्यु भएको हो ।
उपप्राध्यापक खनालको पुस्तकमा ‘वीपीको व्यक्ति, कृति र प्रवृत्ति’
उपप्राध्यापक खनालको पुस्तकमा ‘वीपीको व्यक्ति, कृति र प्रवृत्ति’ त्रिभुवन बहुुमुखी क्याम्पस पाल्पाकी उपप्राध्यापक शारदा खनालले नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको व्यक्ति, कृति र प्रवृत्ति समेटिएको पुस्तक निकालेकी छन् । उनले ‘आख्यानकार विश्वेश्वरप्रसाद कोइराला व्यक्ति, कृति, प्रवृत्ति’ नामक समालोचनात्मक कृति निकालेकी हुन् ।
समानुपातिकतर्फ समावेशी अनुसार नभएपछि पुनः पत्राचार
समानुपातिकतर्फ समावेशी अनुसार नभएपछि पुनः पत्राचार निर्वाचन आयोगले राजनीतिक दलहरुले समानुपातिक तर्फको सूची समावेशी समूूह अनुसार नपठाएपछि पुनः पत्रचार गरेको छ । आयोगले बन्दसूचीमा रहेका उम्मेदवारबाट सिफारिस भएका सांसदहरूको नामावलीलाई समावेशी समूहबमोजिम सच्याएर पठाउन भन्दै पुनः पत्रचार गरेको हो ।
निर्वाचन आचारसंहिता फुकुवा
निर्वाचन आचारसंहिता फुकुवा निर्वाचन आयोगले गत असोज १२ गतेदेखि मुलुकभर लागु रहेको निर्वाचन आचारसंहिता यही मङ्सिर २६ गतेदेखि लागु नरहने निर्णय गरेको छ ।
आन्तरिक पर्यटनको गन्तव्य बन्यो बागलुङ
आन्तरिक पर्यटनको गन्तव्य बन्यो बागलुङ शुक्रबार गुल्मीको मुसिकोट नगरपालिका–४ दजाकोटको श्री पशुपति निम्न माध्यामिक विद्यालयको शैक्षिक अवलोकन भ्रमणको समूह बागलुङदेखि पर्वत जोड्ने नेपालकै सबैभन्दा लामो पुलमा आइपुग्यो । सोही दिन यस क्षेत्रमा विभिन्न स्थानबाट आमा समूह र सहकारीका समूहका पनि भ्रमण टोलीहरु आइपुगेका थिए । मङ्सिर सुरु भएपछि यहाँ शैक्षिक तथा अध्यययन अवलोकन गर्न आउनेहरुको...
अघि बढ्न सकेन कालीगण्डकीमा पक्की पुल निर्माण
अघि बढ्न सकेन कालीगण्डकीमा पक्की पुल निर्माण गुल्मी र पर्वत जोड्ने पक्की पुलको निर्माणको काम विगत छ वर्षदेखि अघि बढन सकेको छैन । गुल्मीको कालीगण्डकी गाउँपालिकाको पूर्तिघाट र पर्वतको बिहादी गाउँपालिकाको रानीपानी जोड्ने गरी निर्माण थालिएको पक्की पुलको काम अगाडि बढन नसकेको हो ।
अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाइँदै
अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाइँदै अन्तराष्ट्रिय पर्वतीय दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । संयुक्त राष्ट्रसंघीय पर्यटन संगठनको आह्वानमा हरेक वर्ष डिसेम्वर ११ अर्थात आजकै दिनमा यो दिवस मनाइँंदै आइएको छ ।
पाल्पामा शान्ति समाजले पनि मनाइयो ७४ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस
पाल्पामा शान्ति समाजले पनि मनाइयो ७४ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस देशभर ७४ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइएको छ । विभिन्न जनचेतनामूलक कार्यक्रम गरी दिवस मनाइएको हो ।
मानव अधिकार संगठन पाल्पाले आश्रममा पुुगेर मनायो मानव अधिकार दिवस
मानव अधिकार संगठन पाल्पाले आश्रममा पुुगेर मनायो मानव अधिकार दिवस नेपाल मानव अधिकार संगठन पाल्पा शाखाले तानसेनमा रहेको निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा आश्रममा पुगेर अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाएको छ । शनिबार ७४ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउन संगठनमा आवद्ध मानव अधिकाकर्मी र पत्रकार त्यहाँ पुगेका हुन् ।
तरकारीका बिरुवा बेचेरै लाखौं आम्दानी
तरकारीका बिरुवा बेचेरै लाखौं आम्दानी सानो लगानीमा घरमै बसीबसी लाखौँ रकम कमाइ हुन थालेपछि गोविन्दप्रसाद दुवाडीलाई बिरुवा बेच्न भ्याइनभ्याइ छ । कालीगण्डकी करिडोर सडकसँग जोडिएको जग्गामा नर्सरीमा उत्पादन गरिएको बिरुवा खरिद गर्न जानेको अहिले दिनहुँ भीड लाग्छ । हिजोआज दैनिक ५० भन्दा बढी ग्राहक बिरुवा खरिद गर्न पुग्छन् ।
Weather Update