Shittalpati
समानुपातिकतर्फ समावेशी अनुसार नभएपछि पुनः पत्राचार

पाल्पा, निर्वाचन आयोगले राजनीतिक दलहरुले समानुपातिक तर्फको सूची समावेशी समूूह अनुसार नपठाएपछि पुनः पत्रचार गरेको छ । आयोगले बन्दसूचीमा रहेका उम्मेदवारबाट सिफारिस भएका सांसदहरूको नामावलीलाई समावेशी समूहबमोजिम सच्याएर पठाउन भन्दै पुनः पत्रचार गरेको हो ।

दुई दिनको समयसहित आइतबार पत्राचार गरिएको आयोगले जनाएको छ । ती दलहरूले यही मंसिर २६ गते सोमबार साँझ ४ बजेसम्म सच्याइएको सूची बुझाउनुर्नेछ । प्रतिनिधि सभातर्फको नाम सिफारिस गर्न यही मसिर २४ गते ४ बजेसम्म समय दिइएकामा दलहरूले नामावली सिफारिस गरेका थिए । पेस भएकामध्ये कतिपय दलले समावेशी समूहबाट उपयुक्त प्रतिनिधित्व नगराएको, कतिपय दलले प्राप्त स्थानभन्दा बढी स्थानमा सिफारिस गरेको पाइएको छ । नामावली सच्चिएर प्रतिनिधित्व भई आएपछि मात्र आयोगले निर्वाचित भएको घोषणा गर्ने छ । आयोगले यस अघि नै प्रतिनिधिसभातर्फ विभिन्न क्लस्टरहरुमा राजनीतिक दलले प्रतिनिधित्व गराउनुपर्ने संख्या निर्धारण गरेको थियो । एमालेले ३४ सांसदमध्ये आदिवासी जनजातितर्फ १०, खसआर्यमा ११, थारुमा २, दलित ५, मधेसी ५, मुस्लिममा १ र पिछडिएको क्षेत्रमा १ जना प्रतिनिधित्व गराउनुपर्ने छ । त्यसैगरी नेपाली कांग्रेसले ३२ सीटमध्ये आदिवासी जनजातीतर्फ ९, खस आर्यतर्फ १०, थारुमा २, दलित ५, मधेसी ५, मुस्लिम १ र पिछडिएको क्षेत्रमा १ जना प्रतिनिधित्व गराउनुपर्ने छ ।

त्यसैगरी, नेकपा माओवादी केन्द्रले प्राप्त गरेको १४ स्थानमा जनजाती आदिवासी ४, खसआर्य ४, थारु १, दलित २, मधेस २, मुस्लिम १ र पिछडिएको क्षेत्रको १ रहेको छ । त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको १३ स्थानमा आदिवासी जनजातीतर्फ ३, खसआर्यमा ४, थारु १, दलित २, मधेसी २, मुस्लिम १ र पिछडिएको क्षेत्रमा १ जना रहेको छ । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी प्राप्त गरेको ७ जनामध्ये आदिवासी जनजातीतर्फ न्युनतम २ र अधिकतम ३, खास आर्यमा न्यूनतम २ र अधिकतम ३, थारुमा बढीमा १, मधेसीमा न्युनतम १ देखि बढीमा २, मुस्लिममा बढीमा १ रहेको छ । त्यसैगरी जनता समाजवादी पार्टीको ५ जनामा आदिवासी जनजातीमा १ देखि २ जना, खस आर्यमा १ देखि २ जना, दलितमा बढीमा १ जना, मधेशमा बढीमा १, मुस्लिम बढीमा १ रहेको छ । त्यसैगरी जनमत पार्टीले आदिवासी जनजातीमा १ देखि २ जना, खस आर्यमा १, थारुमा बढीमा १, दलितमा बढीमा १ जना पठाउन पाउनेछन् ।

प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update