Shittalpati
पाल्पाको रिब्दीकोटमा आगो ताप्ने क्रममा जलेर  वृद्धको मृत्यु

पाल्पा, जिल्लाको रिब्दीकोट गाउँपालिका –१ जोरपोखरीकोटखेरामा आगो ताप्ने क्रममा जलेर एक वृद्धको मृत्यु भएको छ । आज विहान आफ्नै घरको अगेनामा आगो ताप्ने क्रममा जलेर जोरपोखरीकोटखेराका ७५ वर्षीय खिमबहादुर विकको मृत्यु भएको हो ।

खरले छाएको कच्ची घरमा आफ्नै सुत्ने कोठा भित्र अगेनामा आगो बालेर ताप्ने क्रममा विक अचानक जलेका थिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

 

प्रकाशित मिति: सोमबार, मंसिर २६, २०७९  १३:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update