Shittalpati
यात्रा जीवनको 

विमला पाण्डे

मेरा बालाई पनि त मेरो सफलता हेर्ने रहर छ होला 
खै त मैले त्यो आश पुरा गर्न सकेको ,
म त्यति कमजोर पनि त हैन 
आजसम्म कुनै गन्तव्यले मलाईं अँगालेको छैन ।।

यताउता सबैले आफ्ना छोराछोरीका उपलब्धी सुनाउँदै गर्दा म बुझेको छु तिम्रो मुस्कान पछिको उदासिनता , 
तिम्रो फुटेका ति हात पाखुरा याद छ मलाईं अब गर्दै छु केही गर्नेछु ,
खै कता हरायो यो मन छट्पटिमा बितिरहेका छन् यि रातहरू ,
हारमै रोकिएको छ जीवन जितको आभाष हुँदैंन् कत्तै पनि , 
 सपना देख्न सजिलो छ पुरा गर्न संर्घष चाहिन्छ
 सपना पुरा गर्न हातपाखुरा चलाउनु पर्छ ।।

थाहा छ तिम्रो  संर्घष मेरा लागि नै हो 
दिनभरिको थकानले निशब्द तिम्रा ति ओठहरु, खै कसरी तर केही गर्नेछु,
तिम्रो मलिनतमा थोरै रङ भर्नेछु । 
आशा छ केही गर्नेछु : आशा छ केही गर्नेछु ।।
 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १४:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update