Shittalpati
कुरा तानसेन पर्यटनको हिल स्टेशन बनाउने तर प्राथमिकता खै ?

पढ्दै आयौं
पाल्पाको सदरमुकाम तानसेन एक ऐतिहासिक तथा पर्यटकीय स्थल हो । प्रकृति र पर्यटनमा लोकप्रिय पोखरा र बुद्ध जन्मस्थल लुम्बिनी एवं विश्व सम्पदा सूचिमा रहेको तिलौराकोट (कपिलवस्तु)को निकट रहेको तानसेन युनेष्कोमा विश्व सम्पदा सूचिका लागि आधार भएको शहरको लिष्टेडमा पर्छ । यहाँको धार्मिक एवं आध्यात्मिक क्षेत्रमा निकै महत्वपूर्ण मानिने कालिगण्डकी नदी (शालिग्रामको श्रोत)को किनारमा रहेको, एकै स्थानवाट अत्यन्त आकर्षक हिमालहरु, काञ्जिरोवा, धौलागिरी, अन्नपूर्ण, मानसीरी, गणेश, लाङटाङ लगायतका स्थानको प्यानोरोमिक दृष्य हेर्न सकिन्छ । अर्कोतर्फ गर्मीको मौसममा पनि अधिकतम ३० डिग्री भन्दा माथि तापमान हुँदैन । पछिल्लो समयमा तानसेनको क्षेत्र र आकार बढेर अधिकाशं ग्रामीण वडाहरु जहाँ हरेक वडामा कम्तीमा एक प्राकृतिक, सांस्कृतिक, कृषि र पर्यटकिय तथा अन्य विधागत पर्यटनको दह्रो सम्भावना रहेको पाइन्छ । यो तानसेनका लागि नयाँ अवसर पनि हो । तानसेनमा अधिक आकर्षण रहेका ऐतिहासिक एवं सांस्कृतिक महत्वका दर्जन बढी सम्पदाहरु मात्रै होइन यहाँका वासिन्दाको संस्कृति, परम्परा, मैत्रिपूर्ण व्यवहार र कला, सीपले पनि धनि नगर हो । प्रकृति र संस्कृति पर्यटनमा फड्को मार्न सक्छ भन्ने सोचहरु सुन्दै आइरहेका छौं ।

प्रतिक्षा गरी रर्‍यौँ
हालसम्म नगरको प्रतिनिधित्व गर्दै आएका नगरप्रमुखहरु कोही प्राज्ञिक क्षेत्रबाट आए, कोही विकास अवधारणा बुझेका क्षेत्रबाट आए र कोही सामाजिक क्षेत्र एवं कोही नीजि क्षेत्रको अनुभव भएका प्रमुखहरुले नगरको नेतृत्व लिदै आए । हाल पुनः प्राज्ञिक क्षेत्रबाट आएका नगर प्रमुखले नेतृत्व गरिरहेको अवस्था छ । यति मात्र होइन सघींय र प्रदेश सरकारले समेत तानसेनलाई हिल स्टेशनको  रुपमा विकास गर्ने गरी चासो व्यक्त गरिरहेका छन् । नगरपालिका मातहत रहेको आन्तरिक इकाइ टुरिजम एक्सन समिति र यसमा विभिन्न क्षेत्र सम्वद्ध व्यक्तित्वहरु (निजी क्षेत्र, ग्रामीण पर्यटन, निजी क्षेत्र, उद्यम, सामाजिक क्षेत्र, खेल क्षेत्र, स्थानीय सीप र कला क्षेत्र, स्थानीय उत्पादन क्षेत्र, होटल तथा सेवा क्षेत्र लगायत) संलग्न रहेका भएपनि यसबाट पनि प्रभावकारी, सम्भावनाले खोजेको फराकिलो अवधारणा, नीति, कार्यक्रम, कार्ययोजना, रणनीति तयार पार्न नसक्नेले निराशा जगाएको छ । साच्चै भन्नुपर्दा औचित्यहिन अनुभूति भएको छ । स्थानीय सरकारद्धारा तानसेनले प्राप्त गरेको अवसरलाई सम्वोधन गरी तानसेनलाई पर्यटन विकासका लागि आफ्नो अवधारणा सार्वजनिक गर्ने र सम्भावित अवसरहरुको अधिकतम परिचालन गरी नगरलाई पर्यटकीय नगरको रुपमा विकास गर्नेछ भन्ने प्रतिक्षारत चाहानाहरुलाई सम्बोधन गर्ने संकेतहरु पाउन सकिएको छैन ।

हामी के चाहान्छौं
तानसेन निम्नानुसारको बनोस् भन्ने चाहाना जनताहरुको छ :
१) तानसेन हिल स्टेशन र पर्यटकीय गन्तव्य बनेको देख्न चाहान्छन् । नगरको गिर्दो आर्थिक क्रियाकलापमा चलायमान आउने वातावरण सिर्जना गरिनुपर्ने ।
२) युनेश्कोले सम्भावनादेखि तानसेन वल्र्ड हेरिटेज सिटीको रुपमा जानसक्ने आधार भएको सिटीको रुपमा लिष्ट गरेकोले यही सम्भावनामा आवश्यक आधारहरु तयार गरी सो घोषणा गर्न आवश्यक सबै च्भत्रगष्चmबलत पुरा गरी मान्यताका लागि पहल प्रारम्भ भएको ।
३) तानसेन नगरपालिकाका हरेक सार्वजनिक सम्पति एवं सम्पदा विद्यागत पर्यटन अनुकुल बनाउन र संरक्षण गरी आकर्षण बनाउनुपर्ने ।
४) सार्वजनिक सम्पदाको संरक्षण र प्रवद्र्धन कार्यक्रममा चालिने हरेक कदमलाई नजिकबाट नियाल्ने र विग्रन नदिने केही विशेष सम्पदा क्षेत्रलाई बेग्लै विशेष सांस्कृतिक क्षेत्र घोषणा र शाखाको व्यवस्था गर्न सम्पदा संरक्षण शाखा गठन गरिनुपर्ने ।
५) रानीघाट दरबार र सेरोफेरोको बृहत्त अवधारणा र गुरुयोजना अनुरुप संरक्षण र विकासमा पहल गरी त्यही रमाउने वातावरण बनाई पर्यटकलाई अधिक दिन विताउने र सोही अनुरुपमा संरचना निर्माणमा पहल गर्ने  ।  यसका लागि रानीमहल क्षेत्रलाई विशेष सांस्कृतिक क्षेत्र घोषणा गरी वरीपरिका जग्गा व्यवस्थापन गरी कम्तीमा एउटा तारे होटलको निर्माणका लागि  वातावरण बनाउनुपर्ने ।
६) श्रीनगरडाँडाको व्यवस्थापनका लागि सरोकारवालाहरुलाई सहकार्यमा स्थापित गराई उपयोग रणनीति बनाउने र श्रीनगर क्षेत्रलाई व्यवस्थित उपयोग रणनीति तयार गरी तानसेनको राजश्व वृद्धिमा महत्वपूर्ण योगदान गर्न योग्य बनाउन व्यवस्थित उपयोग नीति तयार गरी लागु भएको, साथै यहाँ रहेका सल्लाको जंगलको विकल्पमा आकर्षक, रगिंन एवं औषधीजन्य बनस्पतिको रोपणका लागि पहल साथै स्थानीय पारम्परिक पानीका मुलहरुबाट पानीको श्रोत बढाउने पहल गरिनुपर्ने । 
७) पुरानो तानसेन बजारका हरेक गल्लीमा होमस्टे र त्यहाँ रहेका पुराना पारम्परिक घरहरुको संरक्षणमा घर धनी, नगरपालिका र समुदायको सहभागिता र सहकार्यमा एक टोल एक विशेषता भएको आकर्षक टोल विकास गरेको हुनुपर्ने ।
८) पाल्पा दरवार र भगवती मन्दिरको व्यवस्थित योजना बनाई नेपाल मै आकर्षक थलोको रुपमा स्थापित गर्ने र दरवार परिसरलाई पुरानै शैलीमा कायम गरी उपत्यका बाहिरको आकर्षक दरबार स्क्वायरको रुपमा विकास गर्नुपर्ने ।
९) तानसेन बजारको व्यापार शैलीमा परिवर्तन गर्न पर्यटन मैत्री बजारका रुपमा रुपान्तरणका लागि पहल गर्नु पर्ने ।
१०) टक्सारलाई खुला संग्राहलयको रुपमा स्थापित गरिनुपर्ने ।
११) टुँडिखेल, अन्य खेल मैदान र रानीघाट क्षेत्रलाई खेल पर्यटनको हबको रुपमा विकास गर्ने । नगरमा नियमिति राष्ट्रिय प्रतियोगिता सञ्चालनका लागि आवश्यक रणनीति र निर्माण बाँकी रहेका खेल मैदानको भौतिक पूर्वाधारहरुको निर्माणमा पहल गरिनुपर्ने ।
१२) अमरनारायण मन्दिर परिसरलाइ आकर्षक आध्यात्मिक एवं धार्मिकस्थलको रुपमा विकास गर्ने गरी अवधारणा बनानुपर्ने ।
१३) तानपाको एक मात्र सिमसार क्षेत्रको रुपमा रहेको तानपा–७ प्रभासमा रहेको कमल पोखरी ताल र यसको सेरोफेरोलाइ पर्यापर्यटन, आध्यात्मिक पर्यटन र आकर्षक सिमसार क्षेत्रको रुपमा विकास गर्ने र पर्यटकीय गतिविधिबाट नगरपालिकाको आन्तरिक आय वृद्धिमा टेवा दिने गरी परिचालन गरिनुपर्ने ।
१४) तानसेनका ६० प्रतिशत भन्दा बढी ग्रामीण वडाहरुको जोडबाट बनेको हुनाले हरेक वडामा पर्यटकका लागि आकर्षक परियोजना अवधारणा बनाई निजी या सामुदायिक लगानीका लागि आकर्षण बढाई ग्रामीण पर्यटन, हामेस्टे विकास, स्थानीय उत्पादनको बजार प्रवद्र्धन, संस्कृति प्रवद्र्धन, सिप र स्थानीय कौशलका लागि प्राप्त बजार व्यवस्था हुने वातावरण मिलाउनुपर्ने ।
१५) तानसेन नगरपालिकाका विभिन्न क्षेत्रमा निजी निवेश आमन्त्रणका लागि सोही अनुरुपको नितिगत व्यवस्था गरी तारे होटल स्थापनामा पहल गर्ने ।
१६) सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा तानसेन पहिचान गराउने रिफ्रेसमेन्ट सेन्टर, सूचना केन्द्र र सेवा प्रदान गर्ने सेवा केन्द्रहरु स्थापना गर्ने । निजी रेष्टोरेन्टहरु प्रशस्तखोल्न प्रेरित गर्ने र तानसेन नगरपालिका क्षेत्र भित्र पर्ने सबै रेष्टुरेन्टहरुको गुणस्तर, सेवा र पहिचान सहितको बनाउने कार्यमा अग्रसरता देखिनुपर्ने ।
१७) कालिगण्डकी करिडोर सञ्चालनमा आउँदा रानीघाट दरवार र रिडीमा विश्राम गर्ने स्थानहरु, अर्गली दरवारलाई तानसेन नगरपालिकाको सम्पति बनाई स्तरिय होटलको रुपमा विकास गर्ने । अर्गलीको कृषि उत्पादन र शालीग्रामका विभिन्न स्वरुपका उपहारको व्यवस्था मिलाउने अवधारणा  ल्याउनुपर्ने ।
१८) दमकडा क्षेत्रलाई माण्डव्य क्षेत्र घोषणा गरी स्थानीय बजारको नाम र सडकलाई माण्डव्य ऋषीको तपोभूमिको रुपमा विकास गरी भारतीय एवं आध्यात्मिक एवं धार्मिक पर्यटक र अध्येताहरुका लागि उपयुक्तथलो बनाउने गरी र माण्डव्य सरोवरको अवधारणालाई अगाडि बढाउनुपर्ने ।
१९) विभिन्न संस्कृतिको अनुभूति गर्ने कुमाले गाउँ, माझीगाउँ, मगर गाउँ, ब्राÞमण गाउँ र नेवारी टोल निर्माण गरी दीगो प्रवद्र्धन गर्ने ।
२०) तानसेन भगवती, भार्केश बालकन्या र मदनपोखराको कोकल देवी बिचको सम्बन्ध खोजी त्चबलनभि तयगचष्कm को रुट निर्माण गरी तानसेन भगवती दर्शन गर्नेहरु त्यहाँ पनि जानै पर्ने आख्यान र मान्यता वनाइ प्रवद्र्धन गरिनुपर्ने ।
२१)प्रभास कमलपोखरी र माडी गड्डामा पाइने जंगली धानको संरक्षण गरी विश्वबाट लोपन्मुख धानको संरक्षण गरी सो धान र लुम्बिनीको सम्वन्ध स्थापित गरी व्यवासायिक प्रवद्र्धन गरिनुपर्ने  ।
२२) तानसेन वरीपरी विभिन्न वडामा रहेका एडभेन्चर टुरिजमको सम्भाव्य स्थानहरुमा त्यस्ता पर्यटकका लागि आकर्षक थलोहरु बनाउने ।
२३) स्वास्थ्य क्षेत्रले स्वास्थ्य पर्यटनमा योगदान दिने, शिक्षामा आवासिय प्राविधिक कलेज एवं विद्यालयहरुमा नमूना अभ्यासहरुले थप आकर्षण थप्ने गरी शैक्षिक पर्यटनलाई प्राथमिकता दिनुपर्ने ।
२४) विशेष पर्यटन नीति मार्फत लगानी आकर्षण गरी निजी, सामुदायिक र सरकारी लगानी बढाउने र विशेष पर्यटकिय नगरीको रुपमा पहिचानमा ल्याउने संकल्पित प्रतिवद्धता व्यक्त गरिनुपर्ने ।
२५) पाल्पाली उत्पादन ढाका र करुवाको गुणस्तरियता र ब्राण्डिगं गर्ने र नयाँ बजार खोजी गरी प्रवद्र्धन गर्ने बारे कदम चालिएको अनुभूत हुनुपर्ने ।
२६) पाल्पाली कृषि जन्य उत्पादनहरुको मूल्य अभिबृद्धि गर्ने नयाँ उत्पादनको खोजी गरी बजारमा ल्याउन पहल गर्ने र आत्मनिर्भर तानसेनको कल्पनामा कार्य गरिनुपर्ने ।
२७) तानसेनमा मनाईने जात्रा पर्वहरुलाई व्यवस्थित गर्दै, लोपन्मुख र लोप भएका गरी बर्गिकृत गरी अझ व्यवस्थित र संरक्षण एवं प्रवद्र्धन गर्न योजना बनाई सहभागितात्मक अभियान सञ्चालन गरिनु पर्ने ।

अब के गर्ने
पोखराले पर्यटनको राजधानी घोषणा गरी सकेको, रुपन्देहीले आर्थिक केन्द्रको घोषणा गर्ने तयारी र आफ्नो सामाजिक आर्थिक र पर्यटकीय अवधारणा सहितको रणनीति तयार पारिरहेको, तिलौराकोट विश्व सम्पदा सूचिमा सूचिकृत र लुम्बिनीको तयारी समेतको सन्दर्भलाई मध्यनजर राख्दै अब तानसेन नगरपालिकाले तानसेनको पर्यटन विकास अवधारणा बनाई तानसेन पर्यटन विकास बोर्ड गठन गर्न जरुरी छ । यसका लागि अब यो र त्यो, यस पछि र त्यसपछि नभनि तत्काल आवश्यक कदम चाल्न ढिलाइ गर्नृ हुँदैन । वोर्डले तानसेनका सबै सम्भावनाको पहिचान गरी स्पष्ट, आकर्षक, सुरक्षित लगानी प्रवद्र्धनमा मद्धत गर्ने पर्यटन विकास निती÷रणनिती तयार पार्ने छ । यही नितीका कारण तानसेन सुरक्षित र प्रतीफलयुक्त लगानी क्षेत्र हो रहेछ भन्ने उदाहरण स्वरुप कायम गर्ने, निजी, सामूहिक, सामुदायिक, सार्वजनिक निजी साझेदारी, सरकारी र अन्य संगठित संस्था एवं व्यक्तिगत (आन्तरिक तथा बाÞय लगानी) लगानी आर्कषण गर्ने छ । बोर्डले तानसेनलाई  आउने ५ वर्ष, १० वर्ष र २० वर्षमा तानसेनका सबै सम्भावनाहरुलाई पहिचान गरी सम्भावित सबै स्रोतहरुको परिचालन गरी हामीले सुन्दै आएको, देख्ने कल्पना गर्दै आएको र नयाँ परिवेश र विकास अनुरुपको पर्यटन विकासमा समाहित भएर काम गर्नेछ । साथै पर्यटन वोर्ड गठनमार्फत यस्ता अन्य दर्जनौ गतिविधिहरु सञ्चालन हुने छन् । यस्ता गतिविधिहरुले आन्तरिक तथा बाÞय पर्यटकका लागि आकर्षण थप्ने र गणना योग्य हिसावले पर्यटक आउने मात्र होइन पर्यटनका माध्यमबाट तानसेन नगरपालिकाको हालको आन्तरिक राजश्वमा दोब्बर वृद्धिमा योगदान गर्ने वातावरण बनाउनेछ । तानसेन नगरपालिका क्षेत्र भित्रका घरेलु उत्पादन (करुवा, ढाका लगायत) कृषि र कृषिजन्य उत्पादनको आन्तरिक बजार बृद्धि हुनेछ । उल्लेखित कार्यहरुको तिव्रताका साथ कार्य सम्पादनका लागि आजैदेखि पहल गर्न जरुरी छ । किनकी अबको २ देखि ३ वर्ष भित्रमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल र सिद्धबाबाको सुरुङमार्ग सञ्चालनमा आउने र बाटो स्तरोन्नती गर्ने काम पनि सम्पन्न भै सक्ने छन् । यसर्थ स्थानीय जनप्रतिनिधिले गर्न सकिन्छ, हामी गर्छौ हाम्रै पालामा भन्ने लक्ष्य सहित क्रियाशिल हुन जरुरी छ ।

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update